जुकेपानीमा गरिएको काँक्रो खेतीको अनुगमन

जुकेपानीमा गरिएको काँक्रो खेतीको अनुगमन

कावासोती ।  राष्ट्रिय कृषि आधुनिकीकारण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपुर मार्फत सञ्चालित तरकारी सुपरजोन कार्यक्रम अन्तरगत काँक्रो खेतीको बुधवार अनुगमन गरिएको छ ।
हुप्सेकोट गाउँपालिका एक जुकेपानीमा गरिएको काँक्रो खेतीको अनुगमनसँगै कृषकसँग छलफल समेत गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे , सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा , राष्ट्रिय कृषि आधुनिकीकारण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत डा. देवराज अधिकारी , कृषि विकास कार्यालयका प्रमुख कुल प्रसाद तिवारी , भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख डा. सर्मिला कुमाल , जिल्ला समन्वय अधिकारी जितेन्द्रजंग केसी , कोलेनिका नवलपुरका प्रमुख दुर्गादत्त शर्मा , हुप्सेकोट वडा नं. एकका अध्यक्ष प्रेम बहादुर घर्ती, राष्ट्रिय कृषि आधुनिकीकारण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरका सूचना अधिकारी रण बहादुर महतो सहितको टोलीले अनुगमन गरी कृषकसँग प्रत्यक्ष रुपमा छलफल गर्नुभएको थियो ।
छलफलका क्रममा तरकारी सुपरजोन कार्यक्रम नवलपुरका संयोजक तथा कृषक थमन रजालीले आफ्ना कुरा राख्दै जुकेपानीका करिव तीन हजार घरधुरीले यहाँ तरकारी खेती , विषेश गरी काँक्रो खेती गर्दै आएको बताउनुभयो । भदौको अन्तिमबाट फागुन महिनासम्म काँक्रोको उत्पादन हुने गरेको बताउनुभयो । परियोजना लागू भएपछि अनुदानमा कृषि सामग्रीहरू प्राप्त गर्दा लागत केही घटेको भएपनि कृषकको आवश्यकताको आधारमा अनुदान प्राप्त हुन सकेमा किसानहरू निकै लाभान्वित हुने बताउनुभयो । सिँचाइ र बजारमूल्य निश्चित नहुने किसानको मुख्य समस्याका रुपमा रहेको उहाँले बताउनुभयो ।
यस्तै छलफलमा राष्ट्रिय कृषि आधुनिकीकारण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपुर प्रमुख डा. अधिकारीले यहाँको उत्पादनलाई अझै व्यवसायिक बनाउन र यहाँ उत्पादन भएका कृषि उपजको उचित मुख्य प्राप्त होस भन्ने उद्देश्यले जिल्लाको जिम्मेवार निकायका प्रमुख सहितको टोलीले अनुगमन र छलफलका लागि आएको बताउनुभएको थियो ।
कार्यक्रममा किसानका कुरा सुनिसकेपछि प्रजिअ पाण्डेले किसानका धेरै समस्या रहेको भन्दै समस्यामा धेरै नअल्झिकन आफ्नो मेहेनत र लगानी गरेर अघि बढ्न अनुरोध गर्नुभयो । किसानका समस्यालाई समाधान गर्ने कुरामा सम्बन्धित निकायसम्म गुनासो पुर्याउने काममा कार्यलयले सहजीकरण गर्ने पजिअ पाण्डेले प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले किसानलाई विषादीको उचित प्रयोग गर्नका लागि अनुरोध समेत गर्नुभयो । तरकारीमा विषादीको मात्रा धेरै हुन्छ भन्ने त्रासमा उपभोक्ताहरू रहेको भन्दै उहाँले सकेसम्म अर्गानिक उत्पादन गर्न अग्रसर हुने , नभए विषादीको मात्रा कम प्रयोग गर्ने र विषादीको प्रयोगका बारेमा पनि सचेत हुन आग्रह गर्नुभयो ।
राष्ट्रिय कृषि आधुनिकीकारण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरले कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकामा तरकारी सुपर जोन कार्यक्रम सञ्चालन गरेको छ । सुपर जोनमा आबद्ध भएका कृषक तथा कृषि समूहलाई कार्यालयले सिँचाइको प्रबन्ध गर्ने, जैविक मल निर्माण र प्रयोगलाई प्रोत्साहन गर्ने, यान्त्रीकरणलाई जोड दिँदै निःशुल्क रूपमा प्राविधिक सेवा प्रदान गर्ने र कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरणमा सहयोग पु¥याउने काम गर्दै आएको छ । तरकारी जोन कार्यक्रम लागू भएपछि काँक्रा खेति गर्ने किसानहरूको सङ्ख्यामा समेत वृद्धि भएको छ । हुप्सेकोटको जुकेपानी क्षेत्रमा धेरै क्षेत्रफलमा काँक्रा खेति हुँदै आएको छ । त्यसबाहेक पालिकाको गिरुबारी , वेलुवा क्षेत्र र कावासोती चारको हसौरामा काँक्रा खेति बढी हुने छ ।
यहाँ उत्पादन भएको काँक्राको मुख्य बजार काठमाडौँ र पोखरा हो । त्यसबाहेक स्थानीय बजारमा समेत खपत हुने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस