सडक सौन्दर्यकरणमा स्थानीय

सडक सौन्दर्यकरणमा स्थानीय

नवलपुर  ।   नारायणगढ – बुटवल सडक खण्डको सौन्दर्यकरणमा स्थानीय आपैmँ लागेका छन् ।
नवलपुर अन्तरगत पर्ने मुख्य मुख्य बजार क्षेत्रमा स्थानीयले सडक सुन्दर बनाउनका लागि फूलका बिरुवा रोपेका छन् ।
नारायणगढ – बुटवल सडक खण्डको दुई – दुई लेनको बिचमा ‘ग्रीनरी’ सहितको सडक निर्माण भएकोे छ । ‘ग्रीनरी’ क्षेत्रमा यहाँका स्थानीयले सौन्दर्यकरण गर्नका लागि फूलका बिरुवा लगाएका हुन् ।
देवचुली नगरपालिका अन्तरगत दुवैतर्फ कालोपत्रे भएको क्षेत्रमा स्थानीयले विभिन्न प्रजातिका फूलका बिरुवा रोपेका छन् । यस्तै कावासोतीको केही स्थानमा पनि स्थानीयले फूलका बिरुवा रोपेर सडक सुन्दर बनाउने काम गरेका हुन् । ग्रीनरी क्षेत्रमा आयोजनाले माटो भर्ने काम गरिरहेको छ । माटो भरेर सकिएको क्षेत्रमा सौन्दर्यकरणका लागि फूलका बिरुवा लगाएको स्थानीय प्रमिला भुसालले बताउनुभयो ।
नवलपुरको दाउन्ने बाहेक दुम्किवासदेखि गैँडाकोटसम्मको केही ठाउँ बाहेक अन्य स्थानमा दुवैतर्फ कालोपत्रे सम्पन्न भएको छ । ग्रीनरी क्षेत्रमा अनावश्यक झाडी उम्रेर आवतजावतमा समेत समस्या हुने र नराम्रो देखिएपछि फूलका बिरुवा रोपेको अर्की स्थानीय सीता पौडेलले बताउनुभयो ।
नारायणगढ – बुटवल सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार आयोजनाले दुवैतर्फ कालोपत्रे सम्पन्न भएको स्थानमा ग्रीनरीमा माटो भर्ने काम गरिरहेको छ । कावासोती , गैंडाकोट , प्रगतिनगर , दलदले , सौह नम्बर , अमरापुरी लगायतका बजार क्षेत्रको आधिकांश स्थानमा माटो भरेर सकिएको र अरुणखोला, थुम्सी र दुम्किवासको जङ्गल क्षेत्रमा पनि ग्रीनरीमा माटो भर्ने काम भइराखेको खनालले जानकारी दिनुभयो । आयोजनाको तर्फबाट अर्को वर्षको जेटतिर मात्रै ग्रीनरीको काम हुने समेत उहाँले जानकारी दिनुभएको छ । आयोजनाले हरियो चपरी ( चाइनिज दुबो ) लगाउने काम गर्ने उहाँले बताउनुभयो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस