
नवलपुर । हुप्सेकोट गाउँपालिका तीनमा रहेको विराट सामुदायिक वनका १३ औँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशन कार्यक्रम आइतबार भएको छ ।
समूहका अध्यक्ष प्रेम कार्कीको अध्यक्षता तथा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख बसन्त केशव अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले अब वन संम्बद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापनको कार्य योजना अनुसार यहाँका वनहरूले काम गर्नु पर्ने बताउनुभयो । नयाँ कार्य योजना अनुसार वनहरूले काम गर्न सक्ने उहाँले बताउनुभयो । अधिकारीले सामुदायिक वन भनेको सेवा मूलक संस्था भएका हुँदा सामुदायिक वनबाट भएको आम्दानीको ६० प्रतिशत महिलाको क्षमता विकास तथा विपन्न, गरिब उपभोक्ताको जीवनस्तर उकास्ने र सामाजिक काममा खर्च गर्नुपर्ने प्रावधान रहेको र सोही अनुसार वनहरूले आफ्नो वार्षिक कार्य योजना बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर तीनका अध्यक्ष विष्णु राना, हुप्सेकोट गाउँपालिका कार्यपालिका सदस्य तथा प्रवक्ता रेवती सारु , शव डिभिजन वन कार्यालयका प्रमुख सूर्य सिंह गुरुङ , स्थानीय वन महासंघ हुप्सेकोटका अध्यक्ष गुरु प्रसाद खनाल , मयु पोखरी सामुदायिक वनका अध्यक्ष दुर्गा बहादुर अस्लामी लगायतका वक्ताहरुले शुभकामना मन्तवय राख्नुभएको थियो ।
कार्यक्रममा विराट सामुदायिक वनका अध्यक्ष प्रेम बहादुर कार्कीले वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष तेजमाया पाण्डेले आर्थिक प्रतिवेदन , सचिव इश्वरी प्रसाद रेग्मीले सांगठनिक प्रतिवेदन तथा लेखा समिति संयोजक गुरु स्रसाद सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष उषा खाण ठकुरिले स्वागत मन्तव्य राख्नुभएको थियो भने, सचिव ईश्वरी प्रसाद रेग्मीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा वनका विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरू , वडा सदस्यहरू , आमा समूह , सल्लाहकार समितिका सदस्य , संरणकर्मी तथा सामाजिक अगुवाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा थारू समुदायको लाठी नाच , भजन चुट्का , मारुनी नाच लगायतका सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । भने प्रशंशा पत्र वितरण पनि गरिएको थियो ।
सैबिच अहिले बन्द सत्र जारी छ । नयाँ कार्यसमित चयन गर्नका लागि केशव प्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ ।
