इभा र ल्याम्हो हात्तीले पाए नयाँ जीवन

इभा र ल्याम्हो हात्तीले पाए नयाँ जीवन

नवलपुर  ।  तपाईंले तस्बिरमा देख्नुभएको दुई हात्ती हुन् । इभाकली र ल्याम्होकली । देख्दा लाग्न सक्छ यी दुई हात्ती निकै बलिया अनि हट्टाकट्टा छन् । तर वास्तविकता भने फरक छ । यी दुई हात्ती बिरामी हात्ती हुन । आँखाले देख्दा त बिरामी हुन भनेर विश्वास पनि लाग्दैन । तर यिनको विगत निकै कहालीलाग्दो , अनि वर्तमान केही आशा लाग्दो छ ।
नवलपुरको कावासोती नगरपालिका –१५ स्थित टाइगर टप्स थारू लजको हाताभित्र यी दुई हात्ती रहँदै आएका छन् । यहाँ आएको करिव एक वर्ष पुग्नै लाग्यो, यस अघि यी हात्ती चितवनको खैरहनी नगरपालिकामा थिए । यी दुई हात्ती विगत ६ वर्षदेखि उपचाररत छन् । उपचार अनि मानवीय व्यवहार र स्याहारसुसारकै कारण मृत्युको मुखमा पुगेका यी हात्तीले नयाँ जीवन पाएका हुन् ।
इभाकली र ल्याम्होकलीले लामो समय सौराहामा पर्यटक घुमाए । हात्ती चढेर जंगल सफारी गर्न चाहनेहरू धेरैलाई यिनले निकुञ्ज घुमाए , तर जब यी बिरामी परे यिनको जीवन कष्टकर बन्यो । उपचार त परैको कुरा , यिनका मालिकले यिनको खानपान , स्याहारसुसार गर्न छाडे , जञ्जिर (साङलोले) बाँधेर राखियो अनि यिनको मृत्यु कुरेर बसे । जब जनावरका लागि आवाज उठाउने अभियन्ताको आँखा यसमा पर्यो त्यसपछि यी दुईको नयाँ जीवन सुरु भयो ।
स्ट्याण्ड अफ फर इलाफेन्ट (हात्तीका लागि उठौँ) नामक गैरसरकारी संस्थाले हात्तीको लागि टाइगर टप्स थारू लजको करिव ६ विगहा जग्गा भाडामा लिएर इभा र ल्याम्होको उपचार, रेखदेख सबै गर्दै आएको छ । पशु चिकित्सक सहितको टोलीले दैनिक रुपमा नियमित टाइम टु टाइम हात्तीको औषधी उपचार , स्याहार सुसार , खानपान सबैको मेसो मिलाउने गर्दछ ।
संस्थाका कार्यक्रम सहसंयोजक डेभिड टासी लामाका अनुसार ल्याम्होको खुट्टामा घाउ भएर हिँड्नै नसक्ने अवस्थामा उद्धार गरिएको थियो । भने, इभा बान्ता गर्ने र खाएको पेटमै नअडिने समस्या थियो । उहाँका अनुसार हात्तीले बान्ता गर्दैनन् । तर इभाले खाएको पेटमा नअडिने, एकनासै वान्ता गर्ने गर्थिन् । यी दुई बिरामी भई पर्यटक घुमाउन नसक्ने अवस्था भएपछि यिनका मालिकले साङलोले बाँधेर निकै दर्दनाक अवस्थामा राखेको पाइएपछि उद्धार गरेर पाँच वर्ष खैरहनीमै उपचार गर्ने काम भयो । तर त्यहाँ हात्तीका लागि क्षेत्रफल थोरै भएपछि उपयुक्त ठाउँ खोज्नेक्रममा नवलपुरको अमलटारीमा फेला पारेको र अहिले करिव एक वर्षबाट यिनीहरू यही रहेको लामाले बताउनुभयो । प्रशस्तै जग्गा , नजिकै जङ्गल , वरपर वस्ती पनि कम रहेको कारण यहाँको वातावरण र वरपरको माहोल हात्तीका लागि उपयुक्त रहेकोले इभा र ल्याम्हो यहाँ ल्याइएको लामाले बताउनुभयो । संस्थाको मुख्य उद्देश्य भनेको हात्तीलाई खुला रुपमा आफ्नै तरिकाले बाच्न दिनुपर्छ साङलोले बाँधेर राख्नु हुँदैन । उनीहरुलाई जङ्गल सफारीमा प्रयोग गर्ने, पिट्ने काम गर्नु हुँदैन भन्ने रहेको उहाँको भनाई छ । इभा र ल्हामोबाट यस कार्यक्रम समेत सफल देखिएको उहाँले बताउनुभयो । ‘हामीले हात्तीलाई साङलोले बाध्दैनौ , कुटपिट गर्दैनौ सानो बच्चालाई जसरी स्याहार सुसार गर्छौ , अहिलेसम्म उनीहरुले कुनै पनि प्रकारको हानीनोक्सानी पुर्याएका छैनन । हामी यही सन्देश सबैलाई बाड्न चाहान्छौ । ’ लामाले भन्नुभयो ।
हात्तीको रेखदेखका लागि यहाँ चार जना माहुते रहनुभएको छ ।
माहुते राम बहादुर कुमालले विगत साढे चार वर्षदेखि इभार र ल्हामोको रेखदेख स्याहार सुसार गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ , ‘समयमै उद्धार नभएको भए यी दुई हात्ती उहिल्यै मरिसक्थे , अहिले त मोटाएर राम्रो भएको छ । ल्याम्हो अहिले हिड्न सक्ने भएको छ । इभाले पनि अहिले राम्ररी खाने गर्छ, उल्टी हुँदैन । यीनीहरुको स्यहार सुसार गर्दागर्दा अब त बानी परयो , अहिलेसम्म कुनै प्रकारको असुरक्षित महशुस भएको छैन । ’ कुमालले भन्नुभयो । ‘खाना खाने, औषधी खाने , सुत्ने , जङ्गल जाने , सरसफाई गर्ने अनि तालिम दिने सबैको समय तोकिएको छ । निश्चित गरिएको छ सोही अनुसार हामीले यीनीलाई रेखदेख गछौँ । ’
नवलपुरमा संस्थाले सबै प्रकार प्रकृया पुरा गरेर काम गरिरहेको कार्यक्रम संयोजक सुजन अमात्यले बताउनुभयो । संस्थाले विषेश गरी चितवनमै स्थाई रुपमा काम गर्ने बताउँदै अमात्यले नवलपुरमा भने संस्था अस्थाई रहेको जानकारी दिनुभयो । हात्तीको संख्या चितवनमा धेरै भएको कारण चितवनमै कार्य क्षेत्र रहने उहाँको भनाई छ । यहाँ इभा र ल्याम्होका लागि उचित वातावरण खोज्दै आइपुगेको उहाले बताउनुभयो ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस