राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपुरको साधारणसभा तथा अधिवेशन देवचुलीमा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपुरको साधारणसभा तथा अधिवेशन देवचुलीमा

नवलपुर ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपुरको २४ औँ साधारणसभा तथा नवौँ जिल्ला अधिवेशन शनिवार देवचुलीमा भएको छ ।
कार्यक्रमको उद्घाटनसत्र प्रतिष्ठानका जिल्ला अध्यक्ष बुद्धिनाथ घिमिरेको अध्यक्षतता तथा प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि प्रजिअ पाण्डेले नेपाललाई सुन्दर बनाउँदै बाच्ने आधार दिने नेपाली कला संस्कृतिको जगेर्ना गर्न प्रतिस्ठानले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले नवलपुर जिल्ला प्रतिष्ठानले निर्माण गर्न थालेको संरचना सम्पन्न गर्ने कार्यमा प्रशासन कार्यालयबाट गर्नुपर्ने सहयोगका लागि सधैँ तत्पर रहेको बताउनुभयो ।
यस्तै कार्यक्रमका विषेश अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सल्लहाकार तथा ईन्द्रेणी कार्यक्रम सञ्चालक कृष्ण कंडेलले दिवगंत लोक गायक लोक बहादुर क्षेत्रीलाई संम्झिदै उहाँकै कारण राष्टिय लोक दोहोरी प्रतिष्ठान जन्मिएको बताउँदै उहाँकै स्कृतिले यस संस्था जन्मेर आज यहाँसम्म आइपुगेको स्मरण गर्नुभयो ।
कार्यक्रममा बोदै प्रतिस्ठानका संस्थापक हरि न्यौपानेले गीत गाउने मात्रै प्रतिष्ठानमा सदस्यह हुनुपर्छ भन्ने भास्य निर्माण भएको भन्दै त्यसो नभई यसको विधानमा नै कलालाई माया गर्ने सम्मान गर्ने जोकोहीले पनि सदस्यता लिन पाइने बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला अध्यक्ष बुद्धिनाथ घिमिरेले तीन वर्षे कार्यकालमा यस कार्य समितिले सुरुआत गरेको महत्वपूर्ण काम भनेको कावासोतीमा आमा घर निर्माण सुरु गरेको भन्दै लोक गीत कला संस्कृतिको जगेर्ना गर्न संस्थाले हरसम्भव प्रयास गरेको बताउनुभयो । उहाँले संस्थाले आफ्नो कार्यकालमा विस्तृत कार्ययोजना सहितको ब्रोसर निर्माण , आजिवन तथा साधारण सदस्यहरुको अभिलेखीकरण कार्य , गाउँ तथा नगरपालिकाहरुमा समिति गठन , विपन्न र आकस्मिक दुर्घटनामा कलाकारहरुलाई आर्थिक सहयोग , विभिन्न ठाउँहरुमा घुम्ति वैठक सम्पन्न तथा आफ्नै वेभसाइड निर्माण गर्ने लगायतका काम सम्पन्न गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा सचिव भक्त थापाले सांगठनिक प्रतिवेदन , कोषाध्यक्ष शान्ति कंडेलले आर्थिक प्रतिवेदन तथा लेखा तथा सुपरिवेक्षण संयोजक प्रेम बहादुर कुमालले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा लोक दोहोरी प्रतिष्ठानलाई विभिन्न माध्यमबाट सहयोग पुर्याउनुहुने १० जनालाई सम्मान समेत गरिएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सल्लहाकार तथा ईन्द्रेणी कार्यक्रम सञ्चालक कृष्ण कंडेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपुरका निबर्तमान अध्यक्ष गंगा बहादुर पाण्डे , सम्मानपत्र र दोसल्ला आढाएर सम्मान गरिएको हो । कार्यक्रममा सञ्चार क्षेत्रबाट सहयोग पुर्याएको भन्दै पत्रकार ज्ञानु पंगेनी र दिपेन्द्र थापालाई सम्मान गरिएको थियो । भने कार्यालय तथा आमाघर निर्माणका लागि जग्गा उपलब्ध गराउनका लागि पहल गर्नुभएकोमा दिप काफ्लेलाई सम्मान गरिएको थियो । यस्तै नवउदयी कलाकारहरु र संस्थापकहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थापक केन्द्रीय महासचिव तेज बहादुर केसी , संस्थापक सल्लाहाकार पदम प्रसाद लम्साल , केन्द्रीय उपाध्यक्ष रमेशराज भट्टराई लगायत केन्द्रिय , प्रदेश तथा जिल्लाका प्रनिनिधिहरु , विभिन्न संघसंस्था तथा लोक कला प्रमी महानुभावहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपुरका भक्त थापा र सदस्य संजय देवकोटोल सहजीकरण गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस