नवलपुरको पर्यटन क्षेत्रमा आन्दोलनको असर

नवलपुरको पर्यटन क्षेत्रमा आन्दोलनको असर

नवलपुर । जेन्जी आन्दोलनले नवलपुरको पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको यहाँका पर्यटन व्यवसायीले गुनासो गरेका छन् ।
कावासोती नगरपालिकाको अमलटारी क्षेत्र , आन्तरिक तथा बाह्य पर्यटक आगमन हुने जिल्लाको प्रमुख गन्तव्य हो । बोटे, माझी, मुसहर र थारू समुदायको कला संस्कृति र प्राकृतिक वातावरण अनि वन्यजन्तु ,चराचुरुङ्गीको अवलोकनमा रुचि राख्नेहरू यहाँ आउने गर्दछन् ।
यस वर्ष सेप्टेम्बर महिनामा विदेशी पर्यटकको बुकिङ धेरै राम्रो भएको थियो । तर आन्दोलनकै कारण ती बुकिङ रद्द हुँदा पर्यटन व्यवसायीले धेरै नै नोक्सान ब्यहोर्नुपरेको गुनासो व्यवसायीको छ ।
नवलपुरको कावासोती–१५ मा रहेको टाइगर टप्स थारू लजमा सेप्टेम्बर महिनाको तीन वटा ठूला बुकिङ रद्द भए । ठूलो सङ्ख्यामा आउने विदेशी पर्यटकको बुकिङ रद्द भएपछि आर्थिक नोक्सान त द्धँदै छ त्यसको असर अरुमा पनि पर्यो । होटल सञ्चालकलाई मात्रै होइन यहाँ काम गर्दै आएका कामदार , समुदाय अनि चितवन राष्ट्रिय निकुञ्जलाई समेत आन्दोलनका कारण असर परयो । लजका म्यानेजर आशिक गुरुङले, जर्मन , बेल्जियम , अमेरिकाबाट आउने तयारीमा रहेका ८ , १० र १४ जना रहेको विदेशी टोलीले बुकिङ रद्द गरेको बताउनुभयो । ‘केही समुहले अर्को वर्ष आउने भने , केहीले पोस्पोण्ड गरे । दशैँ तिहारको समय पर्यटक आगमन हुने मुख्य समय थियो तर आन्दोलनका कारण भएका बुकिङ पनि रद्द हुँदा आर्थिक रुपमा नोक्सान त भयो नै काम गर्ने स्टाफले पनि समयमा तलब पाउन सक्नुभएको छैन । ’ गुरुङले भन्नुभयो ।
यहाँ सञ्चालनमा रहेको अमलटारी मध्यवर्ती सामुदायिक होट स्टेमा समेत आन्दोलनका कारण ठूलो धक्का लागेको होम स्टे सञ्चालकहरू बचाउँदछन् । सबैभन्दा राम्रो आम्दानी हुने मुख्य समयमा नै पर्यटकीय गतिविधि ठप्पै भएपछि निकै मर्कामा परेको होम स्टे सञ्चालक नर बहादुर महतोले बताउनुभयो । ‘ दशैँै तिहारको समयमा आन्तरिक पर्यटकहरू नै थेगिसक्नु हुन्थेन , उनीहरूको स्वागत सत्कार गर्न पनि भ्याइनभ्याइ हुन्थ्यो आयआर्जन पनि निकै राम्रो हुन्थ्यो तर आन्दोलनले कोही पनि आएनन् । ’ महतोले भन्नुभयो ।
कावासोती –१५ कै थारू गाउँ रिसोर्टका सञ्चालक तथा नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले यस क्षेत्रमा रहेका ८ वटा स्तरीय रिसोर्ट तथा लजहरूमा ठूलो समूहका चारवटासम्म बुकिङ रद्द भएको र करिव चार सय जना विदेशी पर्यटकहरूको आगमन हुन नपाएको उहाँले बताउनुभयो । जसका कारण पर्यटन व्यवसायीहरू निकै मर्कामा परेको उहाँको भनाई छ । ‘यस क्षेत्रमा विदेशी पर्यटकले बुकिङ रद्द गरे , दशैँ तिहारको छुट्टीमा घुम्न आउने आन्तरिक पर्यटक पनि ठप्प भए , जसले गर्दा हाम्रो व्यवसाय त मर्कामा पर्यो पर्यो अर्कोतर्फ समुदायमा समेत असर पर्यो , यहाँका समुदायको कल्चर देखाएर आम्दानी हुन्थ्यो त्यो हुन सकेन , हस्तकलाका सामग्री विक्री हुन पाएन । यहाँको थारू सङघ्रालयमा पर्यटक पुग्थे त्यहाँ पनि ठप्पै भयो , अनि सरकारको राजश्व पनि गुम्यो । जीप सफारी गर्दा चितवन राष्टिय निकुञ्जलाई हामीले राजश्व तिनर्स पर्छ , त्यसमा पनि असर पर्यो । ’ महतोले भन्नुभयो ।
कावासोती ७ , १० १५ र १७ नम्बर वडामा मात्रै ७ वठा सामुदायिक होम स्टे सञ्चालनमा छन् । भने विदेशी पाहुना लक्षित १५ र १७ नम्बर वडामा मात्रै आठ वटास्तरीय होटल रिसोर्ट , लजहरु सञ्चालनमा छन् । गत वर्ष होम स्टेहरुमा मात्रै कूल १० हजार ६१३ जना पर्यटकको आगमन भएको थियो । अन्य रिसोर्टहरुमा विदेशी पर्यटक पाँच हजार ४१२ जना र आन्तरिक ५ हजार ९ ३२ जनाको आगमन भएको तथ्याक रहेको नगर पर्यटन इकाईका राम  वरालले जानकारी दिनुभयो ।

 

 

 

 

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस