नवलपुरमा यात्रु सहायता कक्ष स्थापना

नवलपुरमा यात्रु सहायता कक्ष स्थापना

नवलपुरमा ।  जिल्ला प्रहरी कार्यालय नवलपुरले सोमबारबाट चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ ।
दशै, तिहार, छठ पर्व लगायतका चाडपर्व लक्षित सुरक्षा योजना जस अन्तरगत सोमबार यात्रु सहायता कक्ष स्थापना गरिएको छ । एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले कक्ष कावासोतीको फलफूचोकमा यात्रु सहायता कक्षको उद्घाटन गर्नुभएको छ ।
उद्घाटनमा बोल्दै उहाँले सहायता कक्ष थापना मात्रै नभई प्रभावकारी रुपमा काम गर्न निर्देशन गर्नुभयो । यात्रु सहायता कक्ष स्थापनाले चाडपर्वमा यात्रा गर्ने यात्रुले कुनै पनि समस्या परेमा सहयोग पाएको र सन्तुष्ट भएको अनुभुति हुने गरी काम हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक याव ढकालले चाडपर्वका बेलामा हुन सक्ने पकेटमार , बढी भाडा असुल्ने , चालक सहचालकको अभद्र व्यवहार लगायतका कृयाकलापलाई नियन्त्रण गर्नका लागि यात्रु सहायता कक्षले टेवा पुग्ने बताउनुभयो ।
सोमबार कावासोती , गैंडाकोट र दुम्किबासमा यात्रु सहायता कक्ष स्थापना गरिएको र मङ्गलबार चोरमारा , दलदले र अरुणखोलामा यात्रु सहायता कक्ष स्थापना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनकराज बञ्जाराले जानकारी दिनुभयो । यात्रुको सुरक्षालाई मध्यनजर गर्दै जिल्लाको मुख्य मुख्य बजार क्षेत्रको छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने बञ्जाराले बताउनुभयो ।
यसैगरी चाडपर्व अवधिभर सादा तथा प्रहरी पोशाकमा प्रहरी परिचालन गरिने , विभिन्न आपराधिक कृयाकलाप हुन नदिनका लागि दैनिक पैदल गस्ती , सवारी गस्ती , पिकेट , आवश्यकता अनुसार चेकजाँच गरिने , तोकिएको समयमा मात्रै देउसी भैलो सञ्चालन गर्न दिनका लागि भरपर्दो सुरक्षा प्रदान गरिने , समुदाय स्तरमा सचेतनामूलक जिङ्गल बजाउने माइकिङ गर्ने , र सरोकारवाला सबै पक्षसँग समन्वय गरी शान्ति सुरक्षा व्यवस्थापन गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस