कावासोतीमा जितिया कप महिला फुटबल प्रतियोगिता सुरु , उद्घाटन खेलमा हेल्फफूल साइमुन विजयी

कावासोतीमा जितिया कप महिला फुटबल प्रतियोगिता सुरु , उद्घाटन खेलमा हेल्फफूल साइमुन विजयी

कावासोतीे । थारु नारीहरूको जितिया पर्वको अवसर पारेर जितिया कप महिला फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ ।
डायमण्ड युथ सोसाइटी कावासोती १२ राज मन्दिरको आयोजनामा जितिया कप महिला फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको कावासोती नगरपालिका उपप्रमुख फूल कुमारी थनेतले उद्घाटन गर्नुभयो । उद्घाटनमा बोल्दै उहाँले खेलको माध्यमबाट किशोरीहरूको सशक्तीकरणमा टेवा पुग्ने बताउनुभयो । उहाँले खेलकुद भनेको प्रतिस्पर्धा मात्रै नभई स्वास्थ्य , आत्मविश्वास र आपसी एकताको आधार रहेको बताउनुभयो । महिलाहरूले खेलकुद क्षेत्रमा सक्रिय सहभागिता जनाउनु भनेको समाजमा लैगिक समानता , सशक्तीकरण र नयाँ पुस्ताका लागि अवसर प्रदान गर्ने माध्यम समेत रहेको बताउनुभयो । यसरी महिलाहरूको प्रतियोगिताहरू आयोजना हुँदा महिलाहरूको प्रतिभा उजागर मात्र होइन नयाँ अवसर समेत सृजन गर्ने बताउनुभयो । 
कार्यक्रममा स्वागत गर्दै कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनाल – दिपेश ) ले कावासोती १२ खेलकुद क्षेत्रको विकास र राज मन्दिर खेल मैदान खेलाडी उत्पादनमा टेवा पु¥याउने थलोका रूपमा पहिचान बनाउन सफल भएको बताउनुभयो । उहाँले यहाँ आयोजना हुने भोदी र फुटबल खेलका लागि सहयोग गर्नुहुने सबैप्रति आधार प्रकट गर्दै वडाले पनि खेल क्षेत्रको विकासका हातेमालो गरिरहने बताउनुभयो ।
जितिया पर्वको अवसर पारेर डायमण्ड युथ सोसाइटीले प्रत्येक वर्ष जितिया कप महिला फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको संस्थाका अध्यक्ष लिलामणी खनाल – महेश) ले जानकारी दिनुभयो ।
प्रतियोगितामा चितवन र नवलपुर गरी आठ वटा समूहले प्रतिस्पर्धा गर्नेछन् । चितवनका चार र नवलपुरका चार वटा समूह प्रतिस्पर्धामा सहभागी भएको अध्यक्ष खनालले बताउनुभयो । जितिया पर्व थारु महिलाहरूको पर्व भएको हुँदा संस्थाले महिला फुटबलको आयोजना गर्दै आएको बताउनभयो । महिलाहरूलाई खेल क्षेत्रमा अग्रसर हुन र खेलको माध्यमबाट सक्षम र सशक्तीकरण गर्न टेवा पु¥याउने उद्देश्य समेत राखेर संस्थाले महिला फुटबलको आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।
सोमबार भएको उद्घाटन खेलमा हेल्फफूल साइमुन चितवन विजयी भएको छ । भरतपुर २४ लाई एकका विरुद्ध चार गोल अन्तरले पराति गर्दै साइमुन विजयी भएको हो ।
जितका लागि हेल्फलफूल साइमनको तर्फबाट जर्सी नम्बर ११ की प्रतीक्षा ठकुरीले २ गोल , जर्सी नम्बर ७ की करुणा गिरी १ गोल र जर्सी नम्बर ९ की लमिन बोम्जनले एक गोल गर्नुभयो । यस्तै भरतपुर २४ को तर्फबाट जर्सी नम्बर १२ की सिवानी खड्काले एक गोल गर्नुभएको थियो ।
पहिलो दिनको म्यान आफ दि म्याच हेल्फलफूल साइमनको तर्फबाट जर्सी नम्बर ११ की प्रतीक्षा ठकुरी घोषित हुनुभएको छ ।
प्रतियोगितामा प्रथम हुनेले ७५ हजार मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्धतीय हुनेले ३७ हजार पाँच सय मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने डायमण्ड युथ सोसाइटीका सचिव नैनाराम थनेतले बताउनुभयो । प्रत्येक दिनको उत्कृष्ट खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । भने सेमि फइनल बाट आउट हुने दुई टिमलाई नगद १० हजार प्रदान गरिने छ ।
सोमबार भएको उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेत बहादुर पुन , सहित समितका पदाधिकारी तथा सदस्यहरू , जनप्रतिनिधि , स्थानीय अगुवाहरू तथा विभिन्न सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष लिलामणी खनालको अध्यक्षतामा भएको कार्यक्रममा अम्बिका तिवारीले सहजीकरण गर्नुभएको थियो ।
प्रतियोगिता भदौ २९ गतेसम्म सञ्चालन हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस