नवलपुरबाट २४ जना कैदीबन्दी पक्राउ

नवलपुरबाट २४ जना कैदीबन्दी पक्राउ

नवलपुर ।  जेन्जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका २४ जना कैदीबन्दीलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका सबैलाई नजिकको कारागारमा बुझाइएको छ । त्यहाँबाट सम्बन्धित जिल्लामा पठाइने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रहरी प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।
प्रहरी कार्यालयमा आइतबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिदैँ यादवले नवलपुरबाट पक्राउ परेका कैदीबन्दी ठूलाठूला कारागारहरू नख्खु कारागार , झुम्का कारागार तथा बालगृहबाट समेत भागेका गरी २४ जना कैदीबन्दी अहिलेसम्मै पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । अझै पनि धेरै कैदीबन्दीहरू करागारबाट भागेको अवस्था रहेको हुँदा उनीहरूको खोजपडताल जारी राखेको बताउनुभयो । उहाँले स्थानीय बासिन्दाले समेत आफ्नो गाउँठाउँमा कुनै शङ्कास्पद मानिसहरू देखेमा वा कैदीबन्दीका बारेमा केही जानकारी पाएमा प्रहरी कार्यालयमा खबर गरिदिनुका लागि अनुरोध गर्नुभएको छ ।
पत्रकार भेटघाटमा जेन्जी आन्दोलनका क्रममा भएको क्षतिका बारेमा जानकारी गराउँदै प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मधु नेपालले जिल्लामा सरकारी , नीजि तथा विभिन्न राजनैतिक दलका पार्टी कार्यालय एवम् व्यवसायिक भवन गरी कूल ५४ वटा भवनमा क्षति पुगेको बताउनुभयो । यस्तै साइकल सहित सरकारी सवारी साधन २८ वटा र नीजि सवारी साधन २३ वटा गरी ५१ वटा सवारी साधनमा क्षति पुगेको नेपालले जानकारी दिनुभयो । भौतिक क्षतिको विवरण सङ्कलन गरिएपनि क्षतिको मूल्याङ्कनको काम भने अझै बाँकी रहेको उहाँको भनाई छ । प्राविधिक सहितको टिम बनाएर मूल्याङ्कनको काम भइराखेको र केही दिनमै यकिन विवरण आउने बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस