नवलपुर । कावासोती १२ राजमन्दिरमा संचालित पाँचौं जितिया कप महिला फुटबल प्रतियोगिताको उपाधी हेल्पफुल साइमन स्पोट्र्सले उचालेको छ ।
हेल्पफुल साइमन स्पोट्र्स र अभिषेक चर्च रजहर बीच आज भएको फाइनल खेलमा दुईका विरुद्ध चार गोल अन्तरले हराउँदै हेल्पफुल साइमन उपाधी जित्न सफल भएको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा हेल्पफुल साइमनले अभिषेक चर्च रजहर लाई पराजित गर्दै जीत निकालेको हो ।
प्रतियोगितामा प्रथम हुने हेल्पफुल साइमनले नगद ७५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने , द्वितीय हुने अभिषेक चर्च रजहरले नगद ३७ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी हेल्पफुल साइमनकी जर्सी नं १ की गोलकिपर करुणा बुडाथोकी हुन सफल हुनुभएको छ । भने सर्वाधिक गोलकर्ता अभिसेक चर्च रजहरकी जर्सी नं १६ की यशोदा चिराल , लेख अवधिरभको सर्वोकृष्ट खेलाडीमा हेल्पफुल साइमनकी जर्सी न ११ की प्रतिक्षा भुसाल र उत्कृष्ट गोलकिपरमा हेल्पफुल साइमनकी जर्सी न १ गोलकिपर करुणा बुडाथोकी हुन सफल हुनुभएको आयोजक संस्थाका सचिव नैनाराम थनतेले बताउनुभयो ।
प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ दि म्याचलाई समेत पुरस्कारको व्यवस्था रहेको थियो । प्रतियोगितामा नवलपुर र चितवनबाट ८ टिमको सहभागिता रहेको थियो ।
यसैबिच प्रतियोगिताको आज एक कार्यक्रमका बिच समापन गरिएको छ ।
खेल संयोजक रण बहादुर महतोको अध्यक्षता तथा कावासोती नगर उपप्रमुख फूल कुमारी थनेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला खलेकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुन , कावासोती १२ का अध्यक्ष धु्रव खनाल ( दिपेश ) , वडा सदस्यहरु , स्थानीय संघसंस्थाका पमुख तथ प्रतिनिधि , स्थानीय अगुवाहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै कावासोती नगर उपप्रमुख फूल कुमारी थनेतले आजका युवा पुस्ता संयम , शान्त र अनुशासित हुन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कावासोती १२ का अध्यक्ष धु्रव खनालले प्रतियोगिता सफल बनाउनका लागि सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अम्बिका तिवारीले सहजीकरण गर्नुभएको थियो ।
जितिया पर्वको अवसर पारेर डायमण्ड युथ सोसाइटीले प्रत्येक वर्ष जितिया कप महिला फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको संस्थाका अध्यक्ष लीलिामणी खनाल – महेश) ले जानकारी दिनुभयो । जितिया पर्व थारु महिलाहरूको पर्व भएको हुँदा संस्थाले महिला फुटबलको आयोजना गर्दै आएको बताउनभयो ।
महिलाहरूलाई खेल क्षेत्रमा अग्रसर हुन र खेलको माध्यमबाट सक्षम र सशक्तीकरण गर्न टेवा पु¥याउने उदेश्य समेत राखेर संस्थाले महिला फुटबलको आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।