नवलपुर । कावासोती रहेको ज्योति कुञ्ज सामुदायिक वन उपभोक्ता समूहको १७ औँ साधारण सभा तथा नवौँ अधिवेशनले बाबुराम मरासिनीको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
शनिवार सम्पन्न नवौँ अधिवेशनले उपाध्यक्षमा गायत्रीदेवी पौडेल , सचिवमा मञ्जु सिग्देल , कोषाध्यक्षमा मिना कोइराला र सहसचिवमा धर्मराज कोइराला चयन हुनु भएको छ । भने सदस्यहरूमा डिलकुमारी महतो , लक्ष्मी शर्मा महतो , सुस्ता महतो , हेम बहादुर गुरुङ , चिन बहादुर विक , वेद प्रसाद लामिछाने , गीतामाया अधिकारी , र हरिहर अधिकारी चयन हुनुभएको । यस्तै लेखा सुपरिवेक्षक समितिको संयोजकमा प्रेम थापा , सदस्यहरूमा महेश मरासिनी र सुशीला महतो चयन हुनु भएको छ । अनुगमन समितिको संयोजकमा सालिकराम भट्टराई , सदस्यहरूमा धनु गिरी र इन्द्र प्रसाद लामिछाने चयन हुनु भएको छ ।
अधिवेशनमा आवश्यक पद सङ्ख्या ११ जना बाहेक अन्य बसैको पनि उम्मेदवारी नपरेपछि नयाँ कार्य समिति सर्वसम्मत रूपमा निर्वाचित भएको हो ।
शनिवार नै नव निर्वाचित समितिको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम समेत सम्पन्न भएको छ ।
उद्घाटन कार्यक्रम तुलाराम अर्यालको अध्यक्षता तथा कावासोती नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष डोरमान गिरीको प्रमुख आतिथ्यतामा भएको थियो ।