मानव बेचबिखनविरुद्धको दिवसमा सचेतना मूलक र्‍याली

मानव बेचबिखनविरुद्धको दिवसमा सचेतना मूलक र्‍याली

नवलपुर । मानव बेचबिखनविरुद्धको १९ औँ राष्ट्रिय दिवसको अवसर पारेर नवलपुरमा सचेतना मूलक र्‍याली ( प्रभात फेरी) निकालिएको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजना तथा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र नवलपुरको सहकार्यमा कार्यक्रम भएको हो । जिल्ला प्रशासन कार्यालयबाट निस्किएको ¥याली सभापति चोक हुँदै नगरपालिका रोडबाट फलफूल चोकमा पुगेर समापन भएको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले मानव बेचबिखन जस्तो जघन्य अपराधलाई नियन्त्रण गर्न सरकारी, गैर सरकारी सङ्घसंस्था तथा समुदाय सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । उहाँले कहिकतै यस्ता अपराधमा कोही संलग्न रहेको पाइएमा त्यस्ता अपराधीलाई नियन्त्रण गर्ने , अपराध घटाउने र पीडितहरूको समर्थन गर्दै न्याय दिलाउने कुरा कानून मै उल्लेख भएको हुँदा प्रहरी प्रशासनले कानूनको पालना गर्दै आफ्नो काम गरिरहेको र सचेतना ¥याली मार्फत समुदायलाई पनि सचेत गराएर यस्ता घटनालाई नियन्त्रण गर्न मदत पुग्ने बताउनुभयो । उहाँले जिल्लामा मानव बेचबिखनको जघन्य किसिमको अपराधका घटना नरहेको जानकारी दिँदै कहिकतै लुकेका र लुकाइएका घटनाहरू भएमा सूचना दिएर नियन्त्रण गर्न सहयोग गर्नका लागि उहाँले आग्रह गर्नुभयो ।
यस्तै सामुदायिक सेवा केन्द्र नवलपुरका अध्यक्ष रिऋीराम कँडेलले समय अनुसार मानव बेचबिखन हुने माध्यम तथा स्वरुप परिवर्तन हुँदै गएकोले आफ्नै नजिकका चिनेजानेकाहरु बाटै बेचबिखनको जोखिम हुने हुँदा सचेत र सजग हुन जरुरी रहेको बताउनुभयो । उहाँले पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभनमा परेर जाँदा बेचबिखन हुने घटनाहरू बढिरहेको भन्दै राम्रोसँग बुझेर मात्रै विदेश जान अनुरोध गर्नुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा , जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनकराज बञ्जारा, डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारी लगायत विभिन्न सरोकारवाला निकाय तथा महिला समूह समेतको सहभागिता रहेको थियो ।
¥यालीमा यस वर्षको नारा ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ’ दुष्चक्रको जालो’ , भन्ने नारा लेखिएको प्ले कार्ड सहित मानिस किनबेच गर्नेलाई २० वर्षसम्म कैद सजाय हुन्छ , मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न हातेमालो गरौँ , मानव बेचबिखन सम्बन्धी कुनै घटना भएको थाहा पाएमा नजिकको प्रहरी कार्यालयमा उजुरी गरौँ जस्ता सन्देश मूलक प्ले कार्ड बोकेर सचेतना ¥याली निकालिएको थियो ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस