नवलपुर । थारू समुदायको अनन्त पर्वको अवसर पारेर डायमण्ड युथ सोसाइटी कावासोती १२ राजमन्दिरले आयोजनामा गरेको थारू समुदायको परम्परागत खेल भोदी प्रतियोगितामा पुरुषतर्फ डायमण्ड युथ सोसाइटी निलोले ७४ काँचा निकाल्न सफल भई प्रथम स्थान हासिल गरेको छ । यस्तै असरा थारु समूह कावासोती १२ पिठौलीले ७१ काँचा निकाल्दै द्धीतीय भएको छ । मन्दिर टोल कावासोती १२ ले ४९ काँचा निकालेर तृतीय भएको छ भने , कुमारवर्ती थारु युवा समाज टीम सि कुडौलीले ४२ काँचा निकालेर समन्तवना हुन सफल भएको छ ।
यस्तै महिलातर्फ नव निर्मित आमा समूह मध्यविन्दु चार पनौतिले ५७ काँचा निकालेर प्रथम हुन सफल भएको छ । डायमण्ड युथ सोसाइटी चण्डेश्वरी आमा समूह्ले ४२ काँचा निकालेर द्धीतीय , डायमण्ड युथ सोसाइटी ब्रम्हदेव टिम ए तृतीय भएको छ भने शान्ति युवा क्लब मध्यविन्दु १५ प्रसौनीले सान्तवना स्थान हासिल गरेको छ ।
हिजोबाट सुरु भएको थारू समुदायको परम्परागत खेल भोदी प्रतियोगिता आज समापन भएको हो ।
समापन कार्यक्रममा कावासोती नगरपालिका १२ का वडा अध्यक्ष धु्र्रव खनाल ( दिपेश) , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेत बहादुर पुन , स्थानीय समाजसेवि , स्थानीय क्लबका अगुवाहरुको सहभागितामा पुरस्कार वितरण कार्यक्रम भएको हो ।
थारु समुदायको कला संस्कृति जगेर्ना गर्न डायमण्ड युथ सोसाइटीले बर्सेनि विभिन्न कार्यक्रम गर्दै आएको छ । प्रत्येक वर्ष आयोजना हुँदै आएको भोदी प्रतियोगितालाई सोसाइटीले यस वर्ष पनि निरन्तरता दिएको संस्थाका अध्यक्ष लीलामणि खनालले जानकारी दिनुभयो ।
यस वर्ष महिला भोदी खेल प्रतियोगिता पनि सञ्चालन गरिएको संस्थाका सचिव नैनाराम थनेतले बताउनुभयो ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले ३३ हजार नगद मेडल , ट्रफी र प्रमाणपत्र , द्वितीय हुनेले २० हजार मेडल , ट्रफी र प्रमाणपत्र , तृतीय हुनेले १० हजार मेडल , ट्रफी र प्रमाणपत्र र सान्त्वना हुनेले पाँच हजार मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । भने महिलातर्फ प्रथम हुनेले १० हजार मेडल , ट्रफी र प्रमाणपत्र , द्वितीय हुनेले पाँच हजार मेडल , ट्रफी र प्रमाणपत्र , तृतीय हुनेले तीन हजार मेडल , ट्रफी र प्रमाणपत्र र सान्त्वना हुनेले एक हजार पाँच सय मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
साथै महिलातर्फ उत्कृष्ट खेलाडी नव निर्मित आमा समूह मध्यविन्दु चार पनौतिकी मनेश्वरी महतोलाई नगद र ट्रफी , पुरुषतर्फ उत्कृष्ट खेलाडी डायमण्ड युथ सोसाइटी निलोका अजय महतोले नगद र ट्रफी पुरस्कार प्राप्त गर्नुभएको छ ।
प्रतियोगिता खेल संयोजक रण बहादुर महतोको अध्यक्षतामा भएको थियो ।
प्रतियोगितामा महिला पुरुष गरी ९१ वटा समूहले सहभागिता जनाएका थिए ।