मध्यविन्दु नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • नवलपुर आज
  • २०८१ मंसिर २६, बुधबार (२ महिना अघि)
  • २०४ पटक पढिएको
मध्यविन्दु नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

प्रकाश रेग्मी , चोरमारा । मध्यविन्दु नगरपालिकाको आयोजनामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मध्यविन्दु ३ इटौरा स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा बुधवार देखि प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले गर्नुभएको हो ।
प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अधिकारीले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए। यस प्रतियोगिताले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन मद्दत गर्ने भन्दै त्यस्ता प्रतिभालाई चिनेर उनीहरूलाई निरन्तर अभ्यास गराउनुपर्ने बताए । हरेक व्यक्तिमा कुनै न कुनै प्रतिभा लुकेको हुने भन्दै त्यसलाई चिनेर अगाडि बढे विश्वमा ठुलो मान्यता हुने बताए । अधिकारीले मध्यविन्दु नगरपालिकाले हाम्रो खुसी शुक्रवार सञ्चालन भएको बताउनुभयो । हरेक हप्ताको शुक्रवार बिद्यार्थीहरुले किताबका ज्ञानलाई व्यवहारिक सिक्ने गरी कार्यक्रम सञ्चालन भएको बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुर्दै नगर उप प्रमुख पूर्णकला चौधरीले मध्यविन्दु नगरपालिकाले शिक्षा सँगै स्वास्थ्य र खेलकुदलाई पनि अघि बढाइरहेको बताउनुभयो ।हामी विद्यालयमा योग शिक्षक राखेर बिद्यार्थीहरुलाई योग तर्फ पनि आकर्षित गरिरहेको छौ चौधरीले भन्नुभयो । खेल भनेको हारजितभन्दा पनि निरन्तर अभ्यास गर्दै जाने भएको भन्दै खेलकै माध्यमबाट व्यक्ति विद्यालय समाज हुँदै राष्ट्रको नाम चिनाउन सक्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव श्रीधर शर्माले सबैले टिम भावनालाई बुझेर मिलेर खेल्न अनुरोध गर्दै खेल क्षेत्रको विकासमा सबै मिलेर लाग्न अनुरोध गर्नु भयो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले यसरी खेल क्षेत्रमा देखाइएका थारु समुदायका संस्कृतिहरू लोभ लाग्दो भएको बताउँदै यसको संरक्षणमा गर्दै जानुपर्ने बताउनभयो । पौडेलले रनिङ शिल्ड प्रतियोगिता एक खेल प्रतियोगिता मात्र नभई प्रतिभा चिन्ने मञ्च भएको बताउनुभएको थियो । उनले आफ्नो रुचिअनुसारको खेलमा निरन्तर अभ्यास गर्न सम्पूर्ण खेलाडीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा नगरपालिकाको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख पदमराज आचार्यले नगरका माध्यमिक स्तरका विद्यार्थीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए। यस खेल लगतै पालिका, जिल्ला, प्रदेश हुदै केन्द्र सम्मै पुग्ने उहाँले बताउनुभयो ।

राष्ट्रपति रनिङ शिल्ड एक प्रतियोगिता मात्र नभई विद्यालयहरूको लागी एक बृहत् महोत्सव भएको नवजागरण नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद देवकोटाले बताउनुभयो ।

नगरपालिका भित्रका १८ विद्यालयको सहभागी रहेको प्रतियोगिता मङ्सिर २९ गते सम्म सञ्चालन हुने शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले बताउनुभयो ।
प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाई जम्प लङ जम्प लगायतका खेल समावेश गरिएको छ। प्रतियोगितामा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, जिल्ला खेलकुद सङ्घ अध्यक्ष सेत मान पुन , मध्यविन्दु नगरपालिका खेलकुद विकास समितिका पदाधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक , शिक्षक, जन प्रतिनिधि , विभिन्न सङ्घ संस्थाका प्रतिनिधि , शिक्षाप्रेमि , खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । जनता मा.वि नन्दभाउजु मध्यविन्दु ३ कि प्रधानाध्यापक चुन कुमारी स्वागत मन्तव्य रहेको कार्यक्रम वडा नम्बर ३ का वडा अध्यक्ष मन बहादुर महतोको अध्यक्षतामा भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस