प्रकाश रेग्मी , मध्यविन्दु । नवलपुरको मध्यविन्दु – ८ भागरामा असोज १ गते भोदी खेल हुने भएको छ ।
अनन्त चतुर्दशीको अवसरमा पारेर खेल खेलाउन थालिएको भागरा थारू युवा विकास समाजका अध्यक्ष मीन बहादुर महतोले बताउनु भयो । अनन्त पर्वको अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागी युवा समूहबीच प्रतियोगिता सञ्चालन गरिएको महतोले बताउनु भयो । प्रतियोगितामा प्रथम ,दितिय र सान्त्वना लाई क्रम्रश बिस हजार, दश हजार एक सय एघार र ४००० हजार नगद सहित प्रमाण प्रत्र दिइने अध्यक्ष महतोले बताउनु भयो ।
“भोदी खेलमा एक समूहमा दश जना हुने गर्दछन्, भुइँमा नौवटा लठ्ठी गाडेर राखिन्छ, पालैपालो हानेर लठ्ठी निकाल्ने गरिन्छ, जुन समूहले सबै लठ्ठी निकाल्न सक्छ त्यो समूह नै विजयी घोषित हुन्छ”, उनले भने।
नवलपरासी ९बर्दघाट सुस्तापूर्व०सहित तराई क्षेत्रका थारू समुदायले अनत पर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी मनाउने गर्दछन् । अनन्त अवसरमा इन्द्रलाई पूजा गरी खुसी बनाए वर्षा राम्रोसँग हुने र अन्नबाली राम्रा फल्ने जनविश्वासका आधारमा विभिन्न धार्मिक कार्य गरिने गरिन्छ ।
इन्द्रलाई खुसी बनाउन पिङ खेल्ने, भोदी खेल्ने परम्परा रहिआएको छ । भोदी खेल थारू समुदायको बाक्लो बस्ती भएको गाउँमा समूह बनाएर खेल्ने पुरानो परम्परा भए पनि पछिल्ला वर्षमा यो परम्परा हराउँदै गएको उनले बताए ।
“ अनन्तका अवसरमा अन्नबालीलाई आवश्यक पानी पारिदिन इन्द्र भगवान्को उपासनासँगै भोदी खेल खेल्ने प्रचलन जिल्लामा विसं २०५२ देखि सुरु गरिएको हो” भने भागरा मा २०७५ साल बाट निरन्तर खेल हुँदै आयको छ , मीन बहादुर महतोले भने, “लोप हुने अवस्थाको यस खेलको संरक्षण गर्दा थारूको कला संस्कृति र परम्परासमेत उजागर भएको छ ।”उनको भनाइ छ ।
थारू समुदायको पहिचान बोकेको विभिन्न चाडपर्वमध्ये अनन्त चतुर्दशी पर्वलाई पनि थारू समुदायले विशेष महत्वका साथ मनाउने गर्दछन् । यस पर्व ठाउँ र परिवेशअनुसार फरक तरिकाले मनाउने गरिएको थारू अगुवा तथा मध्यबिन्दु ८ का वडा अध्यक्ष पर्शुराम महतोले बताए
“यहाँका थारूहरूले व्रत बसी पूजा गर्ने गर्दछन्, यसै दिन व्रत बसेर लट्ठीले हानेर खेलिने मौलिक खेललाई नै भोदी खेल भनिन्छ”, उनले भने, “भाद्र चतुर्दशीमा मनाइने अनत पर्व विसं १८२५ देखि मनाउन सुरु गरिएको हो ।”
भोदी खेल धार्मिक र ऐतिहासिक महत्व बोकेको हुँदा थारू समुदायका अगुवाले यसको संरक्षणका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको महतोले बताए । यसबाट नयाँ पुस्तालाई खेलको महत्व बुझाउन र सिकाउन सहज भएको उनले भने।
तराई क्षेत्रका थारू समुदायले अनत पर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी व्रत बसेर भोदी खेल्ने गर्दछन् । धार्मिक र ऐतिहासिक महत्व बोकेको यस खेलको महत्व नयाँ पुस्तालाई बुझाउन र सिकाउन प्रत्येक वर्ष भोदी खेल प्रतियोगिता सञ्चालन गर्दै आइएको छ ।