भदौ १४ बाट हुप्सेकोटको गिरुवारिमा ३८ औँ युनाईटेड गोल्ड कप सुरु हुने, प्रतियोगिताको तयारि अन्तिम चरणमा

  • नवलपुर आज
  • २०८१ भाद्र ७, शुक्रबार (७ महिना अघि)
  • ३७७ पटक पढिएको
भदौ १४ बाट हुप्सेकोटको गिरुवारिमा ३८ औँ युनाईटेड गोल्ड कप सुरु हुने, प्रतियोगिताको तयारि अन्तिम चरणमा

दिपेन्द्र रेग्मी , कावासोती ।  ३८ औँ युनाईटेड गोल्ड कप भदौ १४ गतेबाट सुरु हुने भएको छ ।
नवलपुरको हुप्सेकोट गाउँपालिका ३ गिरुवारिमा रहेको युनाईटेड युवा क्लबले हरेक वर्ष आयोजना गर्दै आईरहेको युनाईटेड गोल्ड कप (फुटबल प्रतियोगिता)को तयारी अन्तिम चरणमा पुगेको खेल संयोजक हरि थापाले जानकारी दिनुभयो ।
हरेक वर्ष हरितालिका तिजको अवसरमा आयोजना हुँदै आएको प्रतियोगिताको ३८ औँ संस्करण भदौ १४ गते दिउँसो ३ बजे श्रि सरस्वति सँस्कृत तथा साधारण मा.वि.को खेलमैदानमा उद्घाटन गरिने खेल संयोजक थापाले बताउनुभयो ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित युनाईटेड युवा क्लब गिरुवारीले आयोजना गर्ने प्रतियोगिता क्लबहरुले आयोजना गर्ने मध्य जिल्लाकै ठूलो धनराशिको फुटबल प्रतियोगिता मानिन्छ ।
प्रतियोगितामा यस वर्षको विजेताले २ लाख ५० हजार एवं दोश्रो हुने टिमले १ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् भने सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ प्राप्त गर्ने खेलका आर्थिक संयोजक धन बहादुर गुरुङले जानकारी दिनुभयो । त्यस्तै उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुसासित टिमलाई समेत नगद सहित पुरस्कृत गरिने गुरुङले बताउनुभयो ।
यसअघि विभिन्न क्लबहरुले एउटै टिममा धेरै विदेशि खेलाडिहरुलाई अनुबन्ध गरि खेलाउने गरेकोमा यस वर्ष भने बढिमा ३ जना मात्रै विदेशि खेलाडिलाई एक टिममा समाबेश गर्न पाउने खेल संयोजक थापाको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस