कर्मचारी मिलन केन्द्र नवलपुरमा अधिकारी

कर्मचारी मिलन केन्द्र नवलपुरमा अधिकारी

नवलपुर  ।  कर्मचारी मिलन केन्द्र नवलपुरको शनिबार सम्पन्न भेलाले विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
केन्द्रको विधानअनुसार सम्पन्न भेलाले उपाध्यक्षमा पूर्णहरी सुवेदी (नापी कार्यालय), सचिवमा ज्ञान प्रसाद भुसाल (एकीकृत सेवा कार्यालय), सह–सचिवमा लिलाधर शर्मा (गैंडाकोट नगरपालिका) तथा कोषाध्यक्षमा सुशिल सुवेदी (जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय) चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरूमा लक्ष्मण बराल, दीपा गौतम, सञ्जय ढकाल, छविलाल सुवेदी, केशबहादुर खण्डलुक, शोभा आचार्य, विदीका सुवेदी र हरि पौडेल रहनुभएको छ ।
कर्मचारी मिलन केन्द्रका प्रमुख संरक्षक प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे तथा सल्लाहकार जिल्ला न्यायाधीश कमल प्रसाद ज्ञवालीको विशेष उपस्थितिमा नयाँ कार्य समिति चयन गरिएको हो ।
जिल्लामा गठित कर्मचारी मिलन केन्द्रको मुख्य उद्देश्य कर्मचारीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्दै संस्थागत वातावरणलाई सहयोगी, अनुशासित र प्रभावकारी बनाउनु रहेको छ ।
जसका लागि कर्मचारीहरूबीच आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना विकास गर्दै कर्मचारीका साझा समस्या, हक–हित र सरोकारका विषयमा छलफल तथा पहल गर्ने, पेशागत क्षमता अभिवृद्धि, तालिम, अभिमुखीकरण तथा अनुभव आदान–प्रदानको अवसर सिर्जना गर्ने र कर्मचारी कल्याण, सहयोग तथा आपतकालीन सहायताका कार्यमा सहकार्य गर्दै अघि बढ्ने नवगठित समितिका अध्यक्ष विष्णु प्रसाद अधिकारीले बताउनुभएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस