
३४ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्ग पुर्नस्थापना केन्द्र नवलपुरको आयोजना , सामाजिक विकास कार्यालय नवलपुर र कावासोती नगरपालिकाको सहयोगमा कावासोतीमा विविध प्रतियोगिता भएको छ ।
संस्थाका अध्यक्ष जीवन सापकोटाको अध्यक्षता तथा कावासोती नगरपालिकाका उपप्रमुख फूल कुमारी थनेतको प्रमुख आतिथ्यतामा भएको हो ।
कावासोतीको सभापतिचोकदेखि थानाचोकसम्म हवील चियर र ट्राइ साइकल दौड प्रतियोगिता , चकलेट दौड प्रतियोगिता र घैँटो फुटाई प्रतियोगिता भएको हे ।
हवील चियर प्रतियोगितामा हरि प्रसाद भण्डारी प्रथम र टाइ साइकल दौडमा धन बहादुर कुमाल र उज्ज्वल गुरुङ प्रथम भई ११ सय रुपिँया पुरस्कार प्राप्त गर्नुभयो । यस्तै चकलेट दौड प्रतियोगितामा किरण सारू प्रथम भई ६ सय रुपिँया , विष्णु न्यौपाने द्वितीया भई पाँच सय रुपिँया र लक्ष्मी रजाली तृतीय भई चार सय रुपिँया प्राप्त गर्नुभयो । यसैगरी घैँटो फुटाईमा कौशिला भट्टराई प्रथम भई ११ सय रुपिँया प्राप्त गर्नुभयो , दुर्गा पौडेल द्वितीया र लक्ष्मण न्यौपाने तृतीय हुनुभयो ।
दिवसका कार्यक्रमहरूमा धेरै भाषण गरेर दिक्क लाग्ने बनाउन भन्दा अपाङ्गता भएका व्यक्तिहरूलाई रमाइलो गराउने , उनीहरूका प्रतिभा उजागर गराउने गरी मनाउन उचित हुन्छ भन्ने सोचेर कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष जीवन सापकोटाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कावासोती नगरपालिका उपप्रमुख फूल कुमारी थनेतले अपाङ्गता भएकाहरूले समाजमा धेरै राम्रो काम गर्न सक्ने भन्दै पालिकाको तर्फबाट अपाङ्गता भएकाहरूका लागि आवश्यक कार्यक्रम म तथा बजेटको व्यवस्थापन गर्ने कार्यमा आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा कावासोती वडा नं. तीनका अध्यक्ष डोरमान गिरी , सामाजिक विकास कार्यालयका प्रमुख ज्ञान प्रसाद भुसाल, कावासोती नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाप्रमुख सुशीला तिमिल्सिना , कावासोती नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकै सुभद्रा शर्मा , रिता रिजाल , नवलपरासी बहिरा सङ्घ अध्यक्ष प्रतिमा गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्लाभर रहेका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
सागर ढुङ्गानाले स्वागत गर्नुभएको कार्यक्रममा अपाङ्ग पुर्नस्थापना केन्द्र नवलपुरका सचिव निलकण्ठ तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो । भने दोभाषे प्राप्ति रानाले बहिराहरूका लागि सञ्चारमा सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा सहभागि भएकाहरूबाट आफूभित्र रहेका बाद्यबाद्यन , गीत नृत्य जस्ता प्रतिभा प्रस्तुत गरेका थिए ।
