एमाले नवलपुरमा निर्वाचन मार्फत प्रतिनिधि छनौट

एमाले नवलपुरमा निर्वाचन मार्फत प्रतिनिधि छनौट

नवलपुर ।  ११ औँ महाधिवेशनका लागि नेकपा एमाले नवलपुरमा निर्वाचन मार्फत प्रतिनिधि छनौट भएका छन् ।
दुई निर्वाचन क्षेत्रबाट भएको निर्वाचनमा मतगणनाले खुला, महिला र युवा तिनै तहमा प्रतिस्पर्धा तीव्र देखिएको थियो । शनिवार बिहान आठ बजेदेखि तीन बजेसम्म मतदान कार्य भएको थियो , जसको मतपरिणाम भने आइतबार बिहान मात्रै आएको हो ।
नवलपुर क्षेत्र नं. १ बाट खुला तर्फ कडा प्रतिस्पर्धाबीच मुक्तिराम पाण्डे ९५९ मतसहित शीर्षस्थानमा रहँदै निर्वाचित बन्नुभएको छ । त्यस्तै भिमलाल कडेल ९१२ मत, रोशन बहादुर गहा मगर ८४४ मत र नरदेव न्यौपाने ८३८ मत प्राप्त गरी प्रतिनिधि चयन हुनुभएको छ ।
महिला तर्फ महिलातर्फ भाग लिनेमध्ये पार्वता तिवारी १०५४ मत प्राप्त गर्दै सर्वाधिक मत हासिल गर्नुभयो भने, उहाँलाई पछ्याउँदै कोपिला पौडेल ९६६ मतसहित विजयी हुन सफल हुनुभयो । युवा तर्फ प्रतिस्पर्धामा इन्जिनियर दिपेन्द्र सुनारी ११२० मतसहित अत्याधिक मत प्राप्त गर्दै विजयी बन्नुभएको छ ।
यसैगरी क्षेत्र नम्बर दुईको खुलातर्फ भिमलाल अधिकारीले सर्वाधिक –१०३४ मत ल्याएर विजयी हुनुभयो भने , बाबुराम पाण्डे ८२६ मत , रोशन थापा ७९३ र भेषबहादुर अधिकारी ६५७ ल्याएर विजयी हुनुभयो । यस्तै युवातर्फ कृष्ण गैरे ६८९ मत सहित विजयी हुनुभएको छ भने , महिला तर्फ फुलकुमारी थनेत ८०० मत र बालु पुरी ५८३ मत ल्याएर विजयी हुनुभएको छ ।
नवलपुर क्षेत्र नम्बर एकको दलदलेमा र क्षेत्र नम्बर दुईको चोरमारामा निर्वाचन भएको थियो ।
क्षेत्र नम्बर १ मा १ हजार ८४५ मत खसेको थियो । यहाँ ३ हजार ७ सय ५० मतदाता रहेका थिए । यस्तै क्षेत्र नम्बर २ मा १ हजार ३०८ मत खसेको थियो । यहाँ ३ हजार ३ सय ४२ मतदाता रहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस