
कावासोती । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नवलपुरको शुक्रवार सम्पन्न चौथो अधिवेशनले रुना कुमारी महत्तोको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा कमला गुरुङ र चन्द्रकला प्रसाईँ , सचिवमा कला देवी बस्याल , सह–सचिवमा पवित्र भण्डारी , कोषाध्यक्षमा जिन माया अर्याल चयन हुनुभएको छ ।
यस्तै सदस्यस्हरुमा सीता कुमारी महत्तो , सिर्जना भुसाल काफ्ले , लक्ष्मी न्यौपाने, अनिता शाही , मञ्जु चौधरी , सम्झना थनेत र मोती कुमाल चयन हुनुभएको छ ।
कावासोतीमा भएको अधिवेशनको उद्घाटन सत्रमा बोल्दै राप्रपा केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य विन्दु पौडेलले पार्टी सङ्गठन बनाउनका लागि सबै एकजुट भएर लाग्न जरुरी रहेको बताउनुभएको थियो । उहाँले अबको निर्वाचनमा हाम्रो भन्दा राम्रोलाई चुन्नुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नै अबको एक मात्र विकल्प भएको जिकिर समेत गर्नुभयो ।
उद्घाटन सत्रमा जिल्लाका विभिन्न सं३संस्थाको नेतृत्वदायी भूमिकामा रहनुभएका महिलाहरूलाई सम्मान समेत गरिएको थियो ।
