नवलपुरमा आलोक स्मृति राष्ट्रिय म्याराथुन प्रतियोगिता हुँदै

नवलपुरमा आलोक स्मृति राष्ट्रिय म्याराथुन प्रतियोगिता हुँदै

नवलपुर ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आलोत्र स्मृतिराष्ट्रिय म्याराथुन प्रतियोगिता हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजना , प्रदेश खेलकुद परिषद र प्रदेश एथलेटिक्स संघ गण्डकीको प्राविधिक सहयोगमा प्रतियोगिता गर्न लागिएको जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले बताउनुभयो ।
जिल्लाको तीन पालिकाहरु कावासोती, मध्यविन्दु र हुप्सेकोटलाई छुने आलोक चक्रपथलाई परिक्रमा गर्ने गरि प्रतियोगिताको आयोजना गर्न लागिएको हो । कात्तिक एक गते संचालन गरिने प्रतियोगितामा देशभरिबाट जम्मा २० जना खेलाडी सहभागि हुनेछन् । सात प्रदेशबाट दुई जनाका दरले चौध जना र तीन विभागिय टोलीबाट छ जना गरि बीस जना खेलाडी प्रतियोगितामा भाग लिने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताउनुभयो । प्रदेश खेलकुद मार्फत छनौट भएर सिफारिस गरिएका खेलाडी प्रतियोगितामा सहभागि हुने उहाँले बताउनुभयो ।
प्रतियोगितामा सहभागि खेलाडी बाहेक ‘दौडिन्छ नवलपुर’ अन्तरगत प्रतियोगिता उद्धघाटन भएको दश मिनेटपछि नवलपुर सहित यस आसपासका खेलाडी, पूर्व खेलाडी, खेलप्रेमीहरु क्रिब एक सय जना कार्यक्रममा सहभागि भई दौडिने कार्यक्रम रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुनले बताउनुभयो । खेलप्रति सबैको उत्साह जगाउन यो कार्यक्रम समेत जोडिएको उहाँको भनाई छ ।
कावासोती–२, मा रहेको नवदुर्गा प्रादेशिक क्रिकेट मैदानबाट प्रतियोगिता सुरु गरि नमूना सदरमुकाममा प्रस्तावित रंगशाला हुँदै डण्डा, हुप्सेकोटमा रहेको युनाइटेड गोल्ड कप खेल मैदान, मध्यविन्दु नगरपालिकाको चोरमारा बजारहुँदै राइनो रंगशाला , इटौरा ,गाछडा, त्रिभुवनटार हुँदै डण्डा गैंडाचोकमा आएर दौड समापन हुनेछ । प्रतियोगिले आलोक चक्रपथ प्ररिक्रमा गर्ने सदस्य सचिव शर्माले बताउनुभयो ।
प्रजातान्त्रिक योद्धा यादवनाथ न्यौपानेको (आलोक)को सम्झनामा २०५० सालमा आलोक चक्रपथ नामाकरण गरि तीन पालिकालाई सडक सञ्जालले जोडेको चक्रपथ हालसम्म निर्माण हुन नसकेकाले प्रदेश तथा संघ सरकारलाई ध्यानाकर्षण गराउन, यस चक्रपथ वरपरका धार्मिक तथा पर्यटकीय क्षेत्रको खेलका माध्यमबाट प्रचार प्रसार गराउन यो प्रतियोगिताको आयोजना गरिएको सदस्य सचिव शर्माले बताउनुभयो । पहिलोपटक प्रतियोगिता सुरु गर्न लागिएको प्रतियोगिताले एथलेटिक्स खेलको म्याराथुनमा विकासका लागि समेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।
प्रतियोगिता पहिलोपटक सुरु गर्न लागिएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिँदै लैजाने जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष पुनले बताउनुभयो ।
प्रतियोगितमा प्रथमहुनेलाई रु. ५० हजार, द्धितीय हुनेलाई रु. ३० हजार ,तृतीय हुनेलाई रु. २० हजार र सान्त्वना हुने दुईजनालाई रु. ५ हजारका दरले पुरस्कृत गरिने अध्यक्ष पुनले बताउनुभयो । प्रतियोगता संचालनका लागि प्रदेश खेलकुद परिषद् गण्डकी र यहाँका स्थानीय तहको सहयोग रहने उहाँले बताउनुभयो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस