
नवलपुर । स्याङ्जा नवलपरासी सम्पर्क समाज तथा विकास प्रतिष्ठानको आयोजनामा भोली वृहत् खुल्ला तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम आयोजना हुने भएको छ
कावासोती तीनमा रहेको स्वस्तिक पार्टी प्यालेसमा भोली बिहान ११ बजेबाट कार्यक्रम सुरु हुने संस्थाका सचिव युवराज वाग्लेले जानकारी दिनुभयो ।
प्रतियोगीमा सहभागी हुनेहरूले कला , धर्म र संस्कृति झल्कने खालका प्रस्तुति राख्नु सकिने छ भने कुनै पनि राजनैतिक दल वा व्यक्ति विषेशलाई आक्षेप लाग्ने खालका विषय प्रस्तुत गर्न नपाइने सचिव वाग्लेले बताउनुभयो ।
प्रतियोगितामा एक समूहमा बढीमा १० जना हुनुपर्ने , बाद्यबाधनको व्यवस्था आफैँ गर्नुपर्ने र समय १० मिनेट उपलब्ध हुने नियम रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेले १५ हजार , दोस्रो हुनेले १० हजार , तेस्रो हुनेले ५ हजार र सान्त्वना हुनेले तीन हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गर्ने छ । भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
