सामुदायिक वन दिवस: नवलपुरका उत्कृष्ट वनलाई पुरस्कार वितरण तथा वृक्षरोपण

सामुदायिक वन दिवस: नवलपुरका उत्कृष्ट वनलाई पुरस्कार वितरण तथा वृक्षरोपण

नवलपुर ।  सामुदायिक वन दिवस –२०८२, को अवसर पारेर आइतबार उत्कृष्ट वनलाई पुरस्कार वितरण तथा वृक्षरोपण कार्यक्रम नवलपुरको मध्यविन्दुमा भएको छ ।
आर्थिक वर्ष २०८१ ÷०८२ मा उत्कृष्ट हुन सफल जिल्लाका चार वटा सामुदायिक र चार वटा कबुलियती वनलाई डिभिजन वन कार्यालयको तर्फबाट नगद पुरस्कार सहित सम्मान गरिएको हो ।
सामुदायिक वनतर्फ प्रथम हुन सफल अरुण खोला सामुदायिक वन मध्यविन्दु १० लाई १२ हजार , द्वितीय हुन सफल अम्रसा सामुदायिक वन मध्यविन्दु ७ लाई ८ हजार, तृतीय हुन सफल बुद्ध सामुदायिक वन कावासोती एकलाई ५ हजार र सान्त्वना हुन सफल सत्यवती सामुदायिक वन हुप्सेकोट चारलाई ३ हजार नगद र सम्मानपत्रद्धारा सम्मान गरिएको हो । भने, कबुलियती वनतर्फ प्रथम दैत्यगैह्रा कबुलियती वन हुप्सेकोट ५, द्वितीय अर्खला कबुलियती वन बुगिङटार ४ , तृतीय केराबारी कबुलियती वन मध्यविन्दु १४ र सान्त्वना एक्लेफोक्सिङ कबुलियती वन हुप्सेकोट ६ पुरस्कृत हुँदै सामुदायिक वन सरह कै नगद पुरस्कार र सम्मान पत्र प्राप्त गरेका छन् ।
जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्मा , मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारी , उपप्रमुख पूर्णकला चौधरी , डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारी , मध्यविन्दु सातका अध्यक्ष कर्ण बहादुर मल्ल , ग्रिन फाउण्डेशन नेपाल नवलपुरका अध्यक्ष ठाकुर प्रसाद पाण्डे , सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुरका अध्यक्ष मना भण्डारी लगायतले उत्कृष्ट सामुदायिक वनका अध्यक्ष सहितको टोलीलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख विश्वकर्माले उपभोक्ताले सन्तानभन्दा प्यारो गरेर संरक्षण गरेको कारण आज सामुदायिक वन हराभरा हुन सफल भएको बताउनुभयो । उहाँले उपभोक्ताले जोगाएको वनलाई उनीहरूले नै सहज रूपमा उपभोग गर्न पाउने अवस्था नरहेको हुँदा सरकारले उपभोक्ता मैत्री नियम कानून बनाउन आवश्यक रहेको बताउनुभयो
मध्यविन्दु नगरपालिका प्रमुख अधिकारीले कार्यक्रममा बोल्दै हिजो फडानी भएका वनहरू समुदायले जोगाएकै कारण आज हराभरा हुन सफल भएको बताउनुभयो । उहाँले समुदायको विकास र विपन्न वर्गको जीविकोपार्जनका लागि सामुदायिक वनले धेरै राम्रा काम गरिरहेको बताउनुभयो । उहाँले वन तथा निकुञ्ज क्षेत्रमा बनेका कतिपय नियम कानूनका कारण धेरै समस्याहरू सृजना भएको हुँदा त्यस्ता नियम कानूनलाई संशोधन गर्न जरुरी रहेकोमा समेत जोड दिनुभएको थियो ।
यसैगरी कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय प्रमुख अधिकारीले सामुदायिक वनहरूले सम्पन्न गरेका क्रियाकलापहरूको विभिन्न सूचकहरूको आधारमा मार्किङ गर्ने र सोही आधारमा उनीहरूलाई मूल्याङ्कन गर्ने गरिएको बताउनुभयो । उहाँले वनको माध्यमबाट सामाजिक, आर्थिक र वातावरणीय तीन वटै पक्षलाई ध्यानमा राखेर उत्कृष्ट कार्य गरेका सामुदायिक वनहरूलाई पुरस्कृत गरिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै ग्रिन फाउण्डेशन नेपाल नवलपुरका अध्यक्ष पोण्डेले वनमा खाली रहेका जग्गाहरूमा वृक्षरोपण गरी संरक्षण र संम्बद्र्धन गर्दै वनलाई हराभरा गराउन जरुरी रहेको आँैल्याउनुभएको थियो ।
कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुर अध्यक्ष मना भण्डारीले वनको संरक्षणका लागि सरोकारवाला सबै एकआपसमा समन्वय सहकार्य गरेर अगि बढ्न जरुरी रहेको बताउनुभयो ।
शव डिभिजन वन कार्यालय भाग्रा रानीटार कार्यालयको परिसरमा फलफूल प्रजातिका एक सय वटा बिरुवा पनि रोपण गरिएको छ ।
कार्यक्रममा विजय सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मधु विलास अधिकारीले स्वागत गर्नुभएको थियो भने , ग्रीन फाउण्डेशन नेपाल नवलपुरकी सचिव दुर्गादेवी विष्टले सहजीकरण गर्नुभएको थियो ।
डिभिजन वन कार्यालय नवलपुरको आयोजना तथा मध्यविन्दु नगरपालिका , सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुर , ग्रिन फाउन्डेसन नेपाल नवलपुर र विजय सामुदायिक वन मध्यविन्दु ७ को सहकार्य कार्यक्रम भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस