रिसोर्टमा भएको लागलागीबाट २० करोड क्षति भएको अनुमान

रिसोर्टमा भएको लागलागीबाट २० करोड क्षति भएको अनुमान

।   नवलपुरको गैडाकोट नगरपालिका –११ हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा बुधबार भएको आगलागीबाट करिव २० करोड बराबरको भौतिक क्षति पुगेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले रिसोर्टका सञ्चालक सन्तोष धितालले आगलागीबाट करिब २० करोडको क्षति भएको दावी गर्नुभएको बताउनुभयो । प्रहरीले पनि क्षतिको यकिन तथ्याक संकलन गरिरहेको नेपालले बताउनुभयो ।
बिहान १० बजेबाट सुरु भएको आगो तीन घण्टामा बल्ल नियन्त्रणमा आएको थियो । आगो दिउँसो १ बजेतिर नियन्त्रणमा लिइएको थियो ।
नवलपुरको कावासोती नगरपालिका र चितवनको भरतपुर महानगरपालिकाबाट गएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगालगीबाट मानवीय क्षति भने भएको छैन । आगलागीको कारण स्पष्ट भई नसकेको प्रहरीले जनाएको छ । किचनबाट वा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका रिसोर्ट सञ्चालक धितालको छ । आगलागीको कारण र क्षतिको यकिन विवरण संकलनमा प्रहरीले लागेको जनाएको छ ।
रिसोर्टमा भिषणा आगो सल्किएपछि मात्रै थाहा लागेको थियो ।
विदेशबाट फर्किएर धितालले गैंडाकोटमा , ९ वर्ष लगाएर आकर्षक रिसोर्ट निर्माण गरी डेढ वर्ष अघिदेखि मात्रै सञ्चालनमा ल्याउनुभएको थियो ।
रिसोर्ट टायल ,मार्बलको प्रयोग नगरी काठैकाठबाट निर्माण गरिएको छ । यहाँ काठैकाठका भिल्लाहरु छन् । भने , रिसोर्टमा काठबाट बनेका काईट हाउस, कार्ट हाउसहरु समेत छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस