कावासोतीमा भोदी खेल प्रतियोगिता: तयारी सुरु गर्न डायमण्ड युथ

कावासोतीमा भोदी खेल प्रतियोगिता: तयारी सुरु गर्न डायमण्ड युथ

नवलपुर । थारू समुदायको अनन्त पर्वको अवसर पारेर डायमण्ड युथ सोसाइटी कावासोती १२ राजमन्दिरले थारू समुदायको परम्परागत खेल भोदी प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
थारु समुदायको कला संस्कृति जगेर्ना गर्न डायमण्ड युथ सोसाइटीले वर्षेनी विभिन्न कार्यक्रम गर्दै आएको छ । प्रतेक वर्ष आयोजना हुँदै आएको भोदी प्रतियोगितालाई सोसाइटीले यस वर्ष पनि निरन्तरता दिने भएको हो । खुला पुरुष तथा महिला भोदी प्रतियोगीता आयोजना हुने संस्थाका अध्यक्ष लीलामणि खनालले जानकारी दिनुभयो । जिल्ला भित्र र बाहिरी जिल्लाबाट पनि प्रतिस्पर्धीहरु सहभागी हुन पाउने उहाँले बताउनुभयो ।
यस वर्ष महिला भोदी खेल प्रतियोगीता पनि सञ्चालन गरिने संस्थाका सचिव नैनाराम थनेतले बताउनुभएको छ । गत वर्ष मनोरञ्जनका लागि मात्रै महिला भोदी आयोजना गरिएपनि यस वर्षबाट महिला भोदी खेल प्रतियोगिता नै गर्न लागेको थनेतले बताउनुभएको छ । पुरुष तथा महिलाहरुलाई अहिल्यैबाट भोदीको तयारी गर्न अनुरोध समेत गर्नुभएको छ । उहाँले यसै समाचारको माध्यमबाट सूचना प्रवाह गरि तयारीका लागि समय प्रदान गरिएको समेत बताउनुभएको छ ।
यस्तै डायमण्ड युथ सोसाइटीकै आयोजनामा थारू नारीहरूको जितिया पर्वको अवसर पारेर जितिया कप महिला फुटबल प्रतियोगिताको आयोजना हुँदैछ । राजमन्दिर खेल मैदानमा नै फुटबल प्रतियोगिता हुने थनेतले जानकारी दिनुभयाएको छ ।
प्रतियोगितामा सहभागि भएर सफल बनाउनका लागि समेत सचिव नैनाराम थनेतले सबैमा आग्रह गर्नुभएको छ ।
ोसाइटीको सहकार्यमा आयोजनामा भोदी खेल

ताजा अपडेट

खोजी गर्नुहोस