नवलपुर। जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपुरले धामी-झाँक्रीलाई १० दिनको तालिमका लागि शिविर चलाउन दिइएको अनुमति खारेज गरेको छ ।
जिल्ला प्रशासनका अधिकृत ज्योतिराज अर्यालले असार ३० गते जिल्ला प्रहरी कार्याललाई पत्र लेखेर धामी-झाँक्री विद्या सिकाउने शिविरमा शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन आदेश दिएका थिए । धामी, झाँक्री र तान्त्रिक विद्याअनुसार उपचार गर्नु र रुढिवादी परम्परामा आधारित धामी- झाँक्री उत्पादन गर्ने शिविर चलाउनु प्रचलित कानुनविरुद्ध रहेको भन्दै प्रमुख जिल्ला अधिकारीको आलोचना भएपछि प्रशासनले अर्को पत्र पठाएर त्यस्तो शिविर सञ्चालनमा रोक लगाएको हो ।
असार ३० गते नै नेपाल तान्त्रिक झाँक्री संघका नाममा अनुमति नदिइएको व्यहोराको अर्को पत्र पठाइएको थियो ।
अनुमति दिएर शान्ति सुरक्षाको व्यवस्था गर्न पठाइएको पत्र

आलोचनापछि शिविर सञ्चालनमा रोक लगाइएको भन्दै पठाइएको पत्र

कावासोतीको एक होटलमा असार ३ देखि १० सम्म धामी, झाँक्री र तन्त्रविद्या सिकाउने र उपचार गर्ने भन्दै आयोजकले सामाजिक सञ्जालमा प्रचार गरेको थियो । तान्त्रिक धामी, झाँक्री संघका अध्यक्ष प्रकाश भुजेल हुन् ।
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले सुरुमा शिविर सञ्चालन गर्न अनुमति दिए पनि पछि रोक लगाइएको बताए । कान्तिपुर ।
