नवलपुरका हाट बजारलाई त्रिपाल रहित बनाउने योजना

नवलपुरका हाट बजारलाई त्रिपाल रहित बनाउने योजना

नवलपुर  ।  नवलपुर साप्ताहिक हाट बजार व्यवस्थापन शाखा समितिको प्रथम साधारण सभाले नवलपुरका हाट बजारलाई त्रिपाल रहित बनाउने योजना अगी सारेका छ ।
मंगलबार कावासोती १६ मा रहेको थारु राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको सभा हलमा आयोजना भएको प्रथम साधारण सभामा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष भिमलाल चापागाईँले आफ्नो कार्यक्षेत्रमा पर्ने सबै हाट बजारका त्रिपाल हटाएर टिनका टहरा निर्माण गर्ने नीति कार्यक्रम रहेको जानकारी गराउनुभएको हो । उहाँले समितिको आगामी कार्यक्रम र लक्ष्यका बारेमा जानकारी दिदै पिउने पानी र व्यवस्थि शौचालय निर्माण गर्न विभिन्न संघसंस्था र सरोकारवालाहरुसंग सहकार्य गर्ने , संस्थाको क्यालेन्डर प्रकाशन गर्ने , हाट बजारको व्यवस्थापन कसरी हुँदै आएका छन् भन्ने बारेमा अवलोकन गर्न भ्रमण गर्ने , तीज विषेश कार्यक्रम गर्ने र मोटिभेटन टेनिक सञ्चालन गर्ने कार्ययोजना रहेको जानकारी दिनुभयो । उहाँले
यस्तै समितिका कोषाध्यक्ष भोजराज घिमिरेले आयाव्यय विवरण प्रस्तुत गर्दै कूल आम्दानी एक लाख ९८ हजार ७०० रुपिँया भएकोमा एक लाख ७ हजार ६५ रुपिँया खर्च भएको र ९१ जर ५३५ रुपिँया बचत रहेको जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा कावासोती वडा नम्बर १६ का अध्यक्ष आनन्द श्रेष्ठले हाट बजार व्यवसायीहरुको हरेक सुख दुखमा आफू साथ रहदै आएको भन्दै हाट बजार व्यवसायीका समस्याहरुको समाधाना लागि आफ्नो तर्फबाट सकेको पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । हाट बजार व्यवसायीको मुख्य समस्या भनेको घुमन्ते व्यापारी रहेको कुरा व्यवसायीहरुबाट आएको हुँदा उनीहरुलाई नियमन गर्ने र कर तिरेर सरकारको नीति नियममा रहेर सञ्चालन गरेका व्यवसायीहरुलाई मार पर्ने कुरालाई निरुत्साहित गर्न आफूले कार्यपालिकामा कुरा राखेर समाधानका लागि पहल गर्ने बताउनुभयो । साथै उहाँले सम्पूर्ण व्यवासायीहरुलाई स्वच्छ प्रतिस्पर्धा गरेर आफ्नो व्ययापार व्यवसाय गर्न सुझाव समेत दिनुभयो ।
कार्यक्रममा एईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल हाट बजार व्यवसायीका छोराछोरीहरु सुयोग विसि , प्रयद मोक्तान , शिवम गुप्ता, प्रविण तिमिल्सिना र विजय कुमारलाई नगद सहित सम्मान पत्रले समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा नवलपुर हाट बजार व्यवस्थापन मूल समितिका अध्यक्ष डोलराज चापागाईं, सल्लाहाकार भुपराज भुसाल ,नवलपुर हाट बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष सूर्य कुमार श्रेष्ठ , डण्डा बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पदम केसी , नवलपुर हाट बजार व्यवस्थापन मूल समितिका उपाध्यक्ष शिव भुसाल , सचिव दिपक डुम्रे , सदस्यहरु उदय भण्डारी , भिम जिसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नवलपुर साप्ताहिक हाट बजार व्यवस्थापन शाखा समितिका अध्यक्ष भिमलाल चापागाईँको अध्यक्षतामा भएको कार्यक्रममा , उपाध्यक्ष अनु पुन मगरले स्वागत गर्नुभएको थियो । भने, समितका लेखा समिति संयोजक दिपक भण्डारीले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस