नवलपुर साप्ताहिक हाट बजार व्यवस्थापन शाखा समितिको प्रथम साधारण सभा भोली हुने

नवलपुर साप्ताहिक हाट बजार व्यवस्थापन शाखा समितिको प्रथम साधारण सभा भोली हुने

नवलपुर ।  नवलपुर साप्ताहिक हाट बजार व्यवस्थापन शाखा समितिको प्रथम साधारण सभा भोली हुने भएको छ ।
कावासोती १६ मा रहेको थारु राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको सभा हलमा भोली बिहान १० बजेबाट कार्यक्रम सुरु हुने नवलपुर साप्ताहिक हाट बजार व्यवस्थापन शाखा समितिका अध्यक्ष भिमलाल चापागाईँले जानकारी दिनुभयो ।
समितिले एक सार्वजनिक सूचना जारी गर्दै सम्पूर्ण साप्ताहिक हाट बजार व्यवसायीलाई अनिवार्य सदस्य कार्ड लिएर कार्यक्रममा सहभागी हुनका लागि अनुरोध समेत गरेको छ । सभारण सभाका दिन पसल खोलेमा र उपस्थित नभएमा रु। ५०० देखि रु। १००० सम्म जरिवाना लाग्ने सूचनामा जनाइएको छ ।
साधारण सभालाई उत्सवका रूपमा लिएर सम्पूर्ण हाट बजार व्यवसायीहरू कार्यक्रममा सहभागी भई सफल बनाइदिनका लागि समेत अध्यक्ष चापागाईँले अनुरोध गर्नुभएको छ ।
कार्यक्रम भोली बिहान १० बजेदेखि सुरु हुने र कार्यक्रममा कावासोती वडा नम्बर १६ का अध्यक्ष आनन्द श्रेष्ठको प्रमुख आतिथ्य रहने समितिका सह सचिव पदम मोक्तानले जानकारी दिनुभयो । साथै कार्यक्रममा एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान समेत गरिदने मोक्तानले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस