नवलपुर । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले जग्गा नभएको कृषकहरुलाई पनि जग्गा भाडामा दिएर भए पनि खेती गर्न पाउन वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिनुभएको छ ।
आज कावासोतीमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै मन्त्री जिसीले यस्तो बताउनुभएको हो ।
त्यसैगरी नवलपुरमा चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेका जंगली जनवारले यहाँका कृषकहरुलाई सताईरहेको कुरामा जोड दिंदै निकुञ्ज भित्रका जनवारहरुलार्ई निकुञ्जमै बस्ने वातावरण गराउनु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरी मन्त्री जिसीले कृषकहरुले उत्पादन गरेको कृषि उपजको बजारको व्यवस्थापन सरकारले जिम्मा लिनु पर्नेमा जोड दिनुभयो । उहाँले ३ तहको सरकार बसेर यसको जिम्मा एउटा सरकारले लिएर अगाडि बढनु पर्नेमा जोड दिनुभयो ।
३ तहको सरकारले एकले अर्कोलाई देखाएर दोषमुक्त हुन खोजेका कारण किसानले दुख पाएको पनि उहाँले बताउनुभयो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई नवलपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुर र कृषि ज्ञान केन्द्र नवलपुरको संयुक्त आयोजना सार्वजनिक सुनुवाई भएको हो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र नवलपुरका प्रमुख डा। शर्मिला कुमाल र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई प्रमुख डा. देवराज अधिकारीले प्रस्तुती गरेका थिए ।