नवलपुर । नवलपुरको सदरमुकाम समेत रहेको कावासोती नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ को लागि एक अर्ब ६१ लाख ४४ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ ।
मंगलबार भएको १७ औँ नगर सभामा नगर उपप्रमुख फूल कुमारी थनेतले आर्थिक वर्ष २०८२÷८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि एक अर्ब ६१ लाख रुपियाँ बजेट प्रस्तुत गर्नुभएको हो ।
सभामा उपप्रमुख थनेतले बजेट प्रस्तुत गर्दै ६ करोड ५० लाख आन्तरिक स्रोतबाट , वित्तीय समानीकरण अनुदान नेपाल सरकारबाट १७ करोड २ लाख, राजस्व बाँडफाँडबाट १४ करोड ८३ लाख , सशर्त अनुदान संघीय सरकारबाट ४३ करोड ६६ लाख , विशेष अनुदान नेपाल सरकारबाट ४ करोड १८ लाख , समपूरक अनुदान नेपाल सरकारबाट ६० लाख, आम्दानी हुने बताउनुभयो । यसै गरी वित्तीय समानीकरण अनुदान प्रदेश सरकारबाट २ करोड १८ लाख, सवारी साधन कर प्रदेश सरकारबाट २ करोड २८ लाख , विषेश अनुदान प्रदेश सरकारबाट ४० लाख , समपूरक अनुदान प्रदेश सरकारबाट २८ लाख , घरजग्गा रजिस्ट्रेशनबाट ४ करोड २० लाख , विज्ञापन करबाट ५ लाख ५१ हजार , नदीजन्य पदार्थ विक्री राजश्व बाँडफाँडबाट स्थानीयबाट ३ करोड ३० लाख र लागत सहभागिताबाट एक करोड आम्दानी हुने उपप्रमुख थनेतले जानकारी गराउनुभयो ।
यसै गरी व्ययतर्फ, प्रशासनिक खर्च २१ करोड ११ लाख , मर्मत सम्भार कोषमा एक करोड , समपूरक कोषमा २ करोड ३५ लाख , विपद् व्यवस्थापन कोषमा एक करोड , नगर स्तरीय योजना तथा कार्यक्रममा १२ करोड १० लाख , वडा स्तरीय योजना तथा कार्यक्रममा १२ करोड ९२ लाख खर्च हुने उपप्रमुख थनेतले बताउनुभयो । भने, सशर्त अनुदान नेपाल सरकारबाट ४३ करोड ६६ लाख , विशेष अनुदान नेपाल सरकार र प्रदेश सरकारबाट ४ करोड ५८ लाख, समपूरक अनुदान ८८ लाख ४२ हजार र जनसहभागिताबाट एक करोड खर्च हुने गरी कूल एक अर्ब ६१ लाख ४४ हजार रुपियाँ खर्च हुने अनुमानित बजेट प्रस्तुत गर्नुभयो ।
नगर सभामा नगर प्रमुख विष्णु प्रसाद भुसालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर यातायात गुरुयोजना अनुसार प्राथमिकीकरण गरिएका सडकहरूको विस्तार एवम् स्तरोन्नती , नगर रणनीतिक सडकहरूलाई फुटपाथ , ट्रयाक , र वातावरण मैत्री सडक निर्माण गर्न समन्वय गर्ने , ऊर्जामैत्री भवन निर्माणको नीति लिई ऊर्जामैत्री घर निर्माण गर्ने कार्यलाई प्रोत्साहित गर्ने नीति नगरले अघि सारेको बताउनुभयो । यस्तै कावासोतीको केरुङे खोलाका तटीय क्षेत्रका वडाहरू १,२,३,४,५,९,१०,१५ मा तटबन्ध गरी खोलाको किनारमा हरियाली क्षेत्र (ग्रिन बेल्ट ) निर्माण गर्ने , साइकल लेन , फुटपाथ सहितको कोरिडोर मार्ग निर्माण गर्ने नीति अघि सार्दै त्यसका लागि नेपाल सरकार र दातृ निकायसँग सहयोग लिने र बाँकी रहेको जमिनलाई व्यावसायिक प्रयोजनमा उपयोग गर्न सकिने गरी योजना तयार गर्ने नगर प्रमुख भुसालले जानकारी दिनुभयो ।
यसै गरी कावासोती नगरपालिका भित्र अटो पार्किङको लागि क्षेत्र निर्धारण गरी अटो दर्ता तथा नियमन कार्य अगाडी बढाइने , पूर्व पश्चिम राजमार्गमा दुर्घटना न्यूनीकरण र सुरक्षाका लागि सडक बत्ती र सि।सि।क्यामेरा वडा गरिने लगायतका नीति कार्यक्रम सभामा नगर प्रमुख भुसालले प्रस्तुत गर्नुभएको थियो ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले सभामा प्रस्तुत गर्नुभएको संशोधित आर्थिक विद्येक २०८२ र विनियोजन विद्येक २०८२ पनि पारित गरेको छ ।