कावासोती । कावासोती नगरपालिका वडा नम्बर तीनमा बालबालिका तथा किशोर–किशोरी क्षमता विकास तालिम मंगलबार सम्पन्न भएको छ ।
कावासोती नगरपालिलाको आयोजना तथा वडा कार्यालयको समन्वयमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बालबालिकाको क्षमता विकासका लागि आवश्यक पर्ने के कस्ता कुरा हुन , बालबालिका के के कुरामा जागरुक हुनुपनर्छ त भन्ने बारेमा किशोरी अभियन्ता रेजिना घर्ती मगरले सहजीकरण गर्नुभएको थियो । यसैगरी लागु औषद्य दुव्यवहार विरुद्धको सचेतनाका बारेमा समुदाय प्रहरी सेवा केन्दका प्रमुख प्रहरी सहायक निरीक्षक रामशंकर यादव तथा प्रहरी सहायक निरीक्षक शिव वास्तोलाले सहजीकरण गर्नुभएको थियो भने बालअधिकारका सन्दर्भमा अभिवक्ता गणेश सापकाटाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष डोरमान गिरीले बालबालिकाको समग्र विकासका लागि यस प्रकारको कार्यक्रमले टेवा पुग्ने बताउनुभयो । उहाँले सुरुको पहिलो चरणमा कावासोतीका चार वटा वडालाई बालमैत्री घोषणा गर्ने तयारी गरिएको र वडा नम्बर तीन पनि त्यसमा परेको हुँदा बालबालिकालाई नै बालमैत्री स्थानीय शासनका बारेमा सचेत बनाएर कार्यक्रमहरु गर्दा सहज हुने बताउनुभएको थियो । उहाँले तालिममा सिकको कुरालाई आफ्नो गाउँ समाज , परिवार तथा विद्यालयमा समेत जानकारी गराउन सहभागिहरुलाई अनुरोध गर्नुभयो ।
वडा अध्यक्ष डोरमान गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य बसन्ती कुँवर केसीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नगर बाल सञ्जालकी अध्यक्ष एलिसा पन्थी , नगर युवा सञ्जालका अध्यक्ष पवन भुर्तेल र वडा सदस्य साबित्री रसाइलीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्यहरु ऋषि बस्तकोटी , रन बहादुर थापा , ब समेतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कावासोतीका विभिन्न विद्यालयबाट विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम वडा नम्बर तीनकी सचिव रेनुका चालिसेले सञ्चालन गर्नुभएको थियो ।