कावासोतीमा डेंगु नियन्त्रण तथा रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम

कावासोतीमा डेंगु नियन्त्रण तथा रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम

नवलपुर । नवलपुरको कावासोती स्थित शिव माध्यमिक विद्यालयमा डेंगु नियन्त्रण तथा रोकथाम एवं एचआइभी सम्बन्धी भेदभाव तथा लाञ्छना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी पूर्व नवलपुरको आयोजनामा कार्यक्रम गरिएको हो ।

डेंगुको जोखिम घटाउन यसको नियन्त्रण तथा रोकथामका उपाय सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले प्रदेश जन स्वास्थ्य कार्यालयले अभिमुखीकरण कार्यक्रम गरेको ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले बताउनुभयो । गर्मीको समयमा डेंगुको प्रकोप बढ्न सक्ने भएकाले यस सम्बन्धी विद्यालय सहित स्थानीय सरोकारवालाहरूको सहभागितामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी राखिएको उहाँले बताउनुभयो ।
डेंगुसँगै एचआइभी भएकै कारण हुने भेदभाव तथा लाञ्छना न्यूनीकरणका लागि समेत अभिमुखीकरण प्रदान गरिएको छ । विद्यालयका कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई अभिमुखीकरण प्रदान गरिएको हो ।
शिव माध्यमिक विद्यालयमा विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा डा। विवेक पौडेल र ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले डेंगु लाग्ने कारण, यसबाट बच्ने उपाय ,एचआइभी सर्ने तरिका सहित बच्ने उपाय र लाञ्छना तथा भेदभाव हटाउन खेल्नुपर्ने भूमिकाका विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी माधव शर्मा,सामाजिक विकास कार्यालय प्रमुख कृष्णप्रसाद पौडेल, स्वास्थ्य शाखा कावासोती प्रमुख कृष्ण नागिला, खोप फोकल पर्सन खरेल प्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस