नवलपुरमा द्धन्द्ध पिडितहरुको आवश्यकता पहिचान

नवलपुरमा द्धन्द्ध पिडितहरुको आवश्यकता पहिचान

नवलपुर ।  महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाद्धारा गठित जिल्ला निर्देशक समितिको समीक्षात्मक कार्यक्रम आइतबार कावासोतीमा भएको छ ।
दोस्रो राष्ट्रिय कार्य योजना अन्तरगत गठित जिल्ला निर्देशक समिति र सहयोगी संस्था विजय विकास स्रोत केन्द्र तथा द स्टोरी किचेन समेतको पहलमा जिल्लामा द्धन्द्ध पीडित परिवारको आवश्यकता पहिचानको कार्य भएको थियो । जिल्लाका आठ वटै पालिकामा द्धन्द्ध पीडित महिला र बालिकाको सङ्ख्या समेत पहिचान गरी उनीहरु सँगको प्रत्यक्ष छलफलबाट आवश्यकता पहिचानको कार्य सम्पन्न भएको हो ।
जिल्लाको आठ वटै पालिकाबाट ३४२ जनाले आवश्यकता पहिचानका लागि निवेदन दिएका छन् । भने अहिलेसम्म ३१२ जनाको आवश्यकता पहिचान भइसकेको द्धन्द्ध पीडित महिला सञ्जाल नवलपुरकी अध्यक्ष पार्वती सिग्देलले जानकारी गराउनुभएको थियो । सिग्देलका अनुसार मुख्य गरी निःशुल्क शिक्षा , स्वास्थ्य र रोजगारीको व्यवस्था गर्नुपर्ने माग द्धन्द्ध पिडितहरुको छ । त्यसपछि सिपमुलक तालिम उपलब्ध हुनुपर्ने , जिल्ला स्तरीय सहिद स्मृति पार्क निर्माण , सेवा सुविधा सहितको परिचयपत्रको माग , समाजमा सम्मानित भएर बाच्न पाउने आधार तयार गर्ने , कृषि पशु तथा व्यापारको माध्यमबाट आयआर्जनमा जोडिन सहयोग गर्ने , हरेक सामाजिक काममा सहभागिता हुन पाउनुपर्ने तथा कानूनी सहयोग लगायतका मुख्य आवश्यकता पहिचान भएको सिग्देलले जानकारी दिनुभयो ।
उहाँले सरकारले आवश्यकता पहिचान गर्ने काम त र्गयो तर आवश्यकता पुरा गर्नतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । जिल्लामा १०४ सहिद परिवार , २९ जना वेपत्त परिवार रहेको तर अझै पनि द्धन्द्धको समयमा यौनजन्य हिंसामा परेका महिला तथा बालिकाहरुको तथ्याङ्क बाहिर आउन नसकेको बताउनुभएको थियो । यौनजन्य हिंसामा परेकाहरु खुलेर बाहिर आउन सक्ने वातावरण नभएको बताउनुभएको थियो ।
कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलले द्धन्द्ध पीडित १४ जनालाई व्यवसाय प्रवद्र्धन गर्न ७५ हजार रुपिँया बराबरको उनीहरुको आवश्यकताका सामग्री प्रदान गरेको बताउनुभएको थियो ।
कार्यक्रममा यातना पीडित समाज केन्द्रका अध्यक्ष तारा भुसाल र सहिद परिवार समाजका अध्यक्ष कृष्ण प्रसाद शर्माले बोल्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि लडेकाहरुलाई समाजले हेर्न दृष्टिकोण फरक रहेको भन्दै समाजमा सम्मानका साथ बाच्ने वातावरण बनाउनु अनुरोध गर्नुभएको थियो । द्धन्द्ध प्रभावितहरुका लागि अन्य सरहका कार्यक्रमभन्दा आयआर्जन मूलक कार्यक्रममा जोडेर आत्मनिर्भर बनाउन जरुरी रहेकोमा समेत उहाँहरुको जोड थियो ।
कार्यक्रममा बोल्दै जिल्ला निर्देशक समिति संयोजक एवम् जिल्ला समन्वय समितिका बाबुराम विश्वकर्माले द्वन्द्व प्रभावितहरूको अधिकार स्थापित गर्न स्थानीय पालिकाहरू जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो । द्वन्द्वपीडित यौनजन्य हिंसा र यातनाबाट पीडित, घाइते, अगंभग तथा मानसिक रूपमा समेत अशक्त भएका व्यक्तिको छोराछोरीले निःशुल्क शिक्षा पाउनुपर्ने उहाँको भनाइ थियो ।
विय विकास श्रोत केन्द्रकी कार्यक्रम संयोजक नर्मदा पाण्डेले स्थानीय तहले द्धन्द्ध पीडितका मुद्दालाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रमहरु ल्याउनका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे , गैंडाकोट नगर प्रमुख मदनक्त अधिकारी , मध्यविन्दु नगर प्रमुख भिमलाल अधिकारी , कावासोती नगर प्रमुख विष्णु प्रसाद भुसाल , दद स्टोरी किचेनका कार्यक्रम संयोजक मिना बिक , निर्देशक समितिमा आबद्ध संघसंस्थाका प्रतिनिधीहरु ल्गायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका समन्वय अधिकारी जितेन्द्रजंग केसीले सहजीकरण गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस