
नवलपुर । नवलपरासी पूर्व ( नवलपुरको) मध्यविन्दु नगरपालिकाले देशमै पहिलो पटक लागू गरेको ‘हाम्रो खुसी’ पाठ्यक्रमका बारेमा जानकारी दिन पत्रकाहरुका लागि अभिमुखीकरण प्रदान गरेको छ ।
जिल्लाभित्र र राजधानीका समेत गरी २० जना पत्रकालाई अभिमुखीकरण प्रदान गरिएको हो । बिहिबार र शुक्रवार दुई दिनसम्म आयोजना भएको कार्यक्रममा पहिलो सत्रमा सैद्धान्तिक र दोश्रो सत्रमा विद्यालय भिजिटको कार्यक्रम भएको हो ।
हाम्रो खुसी पाठ्यक्रम भनेको के हो र यसको प्रभाव कस्तो छ ? भावि दिनमा कस्तो हुने अपेक्षा राखिएको छ ? भन्ने विषयमा पत्रकार मार्फत जिल्लाभित्र मात्रै नभई देशव्यापि रुपमा यस पाठ्यक्रमको महत्वलाई बुझाउने उदेश्यले पत्रकारका लागि अभिमुखीकरण प्रदान गरिएको नगर प्रमुख भिमलाल अधिकारीले जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा केही नयाँ कुरा सुरु गरौँ भन्ने सोँचका साथ यस पाठ्यक्रम सुरुआत गरेको बताउनुभयो । हाम्रो खुसी पाठ्यक्रम दर्शनमा आधारित रहेर हाम्रो हावापानी , संस्कार , संस्कृति र माटो सुहाउँदो पाठ्यक्रम तयार गरी लागू गरिएको उहाँको भनाई छ । हाम्रो खुसी पाठ्यक्रमले विद्याथीलाई भाव मात्रै जागृत गराउने उदेश्य लिएको बताउनुभयो । जसबाट माया, स्नेह ,कृतज्ञता जागृत गराई विद्यार्थीको बानी व्यवहार र आचारणमा सकारात्मक परिवर्तन ल्याउनका लागि यस पाठ्यक्रम कोशेढुगा सावित हुने अधिकारीको भनाई छ ।
कार्यक्रम अन्तरगत आज कोल्हुवा , चोरमारा र अरुणखोला क्षेत्रका विभिन्न विद्यालयहरुमा पत्रकारको टोलीले हाम्रो खुसी पाठ्यक्रमको शैक्षिक विधिका बारेमा प्रतयक्ष रुपमा जानकारी लिएको थियो । पाठ्यक्रम अन्तरगतग रिने माइन्फुलनेश , कथा , कृतज्ञता का बारेमा प्रतयक्ष बुझ्ने अवसर पाएका थिए । सोहीक्रममा विद्यार्थी अभिभावक तथा शिक्षकहरु संग प्रतिकृया लिएको थियो । विद्यार्थीहरुले पाठ्यक्रम लागु भएपछि आफूहरुको व्यवहारमा परितवर्नको महसुस गरेको जनाएका छन् । उनीहरुले पढाईप्रति एकाग्रता , साथीहरु त्था घरपरिवारमा संवाद र सयोगको भावनामा विकास भएको बताएका छन् ।
कार्यक्रम अवधिभर कार्यक्रममा ‘हाम्रो खुसी’ कार्यक्रमकी संयोजक लक्ष्मी पाण्डे भट्टराई ,शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख पदमराज आचार्य शिक्षक टोक बहादुर सुनारी , कृष्ण प्रसाद रेग्मी लगायतले हाम्रो खुसी पाठ्यक्रमको अवधारणा , शिक्षण विधि , यसको प्रभाव mगायतका बारेमा सहजीकरण गर्नुभएको थियो ।
