नवलपुर । गण्डकी ट्राफिक सप्ताह कार्यक्रम अन्तरगत आज कावासोती वडा नम्बर तीनामा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ ।
कावासोती वडा नम्बर तीनका विद्यालयले प्रतियोगितामा भाग लिएका थिए । जसमा .सात अंंक सहित सिद्धार्थ आवासीय मावि प्रथम हुन सफल भएको छ भने समता स्कूल द्धीतीय र जीवनज्योति मावि तृतीय भएको छ ।
विजेताहरुलाई आज नै सोही कार्यक्रममा ट्राफिक कार्यालय प्रमुख जनकराज बञ्जाराले प्रमाणपत्र तथा पुरस्कार वितरण समेत गर्नुभएको थियो । विद्यार्थीहरुका लागि शैक्षिक सामग्रीहरु पुरस्कारका रुपमा प्रदान गरिएको हो ।
हाजिरी जवाफ प्रतियोगितामा टाफिक नियम तथा सवारी साधानसंग सम्बन्धित प्रश्नहरु सोधिएको थियो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी तथा वरिष्ठ प्रहरी नायव निरीक्षक मिन बहादुर कुँवरले सहजीकरण गर्नुभएको थियो ।
कावासोती ३ का वडाध्यक्ष एवं नगर प्रवक्ता समेत रहनुभएका डोरमान गिरिको अध्यक्षतामा भएको प्रतियोगितामावडा सदस्यहरु ऋषि बस्ताकोटी , रन बहादुर थापा , बसन्ति कुँवर केसी , साबित्री रसाइली समेतको सहभागिता रहेको थियो ।
गण्डकी ट्राफिक सप्ताह कार्यक्रम पहिलो दिन जल्लाको फलफूल चोकबाट सचेतनामूलक प्रभात फेरीसहित सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८२ को शुभारम्भ सहित सार्वजनिक यातायातका सवारी साधनहरूको ढोकामा सिट क्षमता सहितको स्टिकर टाँस्ने कार्यक्रमहरू सम्पन्न भएको छ । भने दोस्रो दिन पर्चा पम्प्लेट वितरण गर्ने,स्वयंसेवक परिचालन गरी सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, सवारी चालकलाई सम्झाई बुझाई गर्ने, अव्यवस्थित पार्किङ हटाउने, धुवाँ धुलो बाट बच्न मास्क वितरण गर्ने, माइकिङ गर्ने, जेव्राक्रस नभएको स्थानबाट बाटो काट्न पर्दा अपनाउनु पर्ने सावधानीका बारेमा सिकाउने , यस्तै तेस्रो दिन जिल्लामा ग्रामीण सडक लक्षित छत तथा हुटमा बसी यात्रा गर्दाका जोखिम तथा दुष्परिणामहरूबारे जानकारी गराउने, सिट क्षमता अनुगमन, भाडा दर अनुगमन, आरक्षण सिट कार्यान्वयन, पहाडी बाटोहरूमा ओटहरूको प्रयोग लगायतका क्रियाकलाप तथा चौथो दिन बढी भिडभाड हुने स्थानहरू, शैक्षिक संस्था वरपर, विद्यालय लगायत पैदल यात्री, सडक प्रयोगकर्ताहरू लक्षित कार्यक्रमहरू गर्ने, सरकारी सवारी साधन, कर्मचारी लक्षित क्रियाकलाप, र पाँचौँ दिन जिल्लामा भएका विभिन्न स्कुल समावेश गरी ट्राफिक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला स्थित स्वास्थ्य संस्थाहरू सँग समन्वय गरी चालक सहचालकहरूको ब्लड प्रेसर, आँखा, कान लगायत आधारभूत स्वास्थ्य चेकजाँच र सवारी साधनहरूको यान्त्रिक परीक्षण गराउने, मेटिएका, अस्पष्ट नम्बर प्लेटहरू सुधार गर्ने र सातौँ तथा अन्तिम दिन सञ्चार कर्मीहरूसँग अन्तरक्रिया गर्ने, विभिन्न कार्यक्रम गरी “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८२” को समापन गर्ने र साँझ दीप प्रज्वलन गरिने कार्यक्रम रहेको छ ।