विनयी खोलामा बाढी आउँदा सवारी आवागमन बन्द

विनयी खोलामा बाढी आउँदा सवारी आवागमन बन्द

नवलपुर ।  पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी पूर्व ( नवलपुरको ) विनयी त्रिवेणी गाउँपालिकाको दुम्किवास स्थित विनयी खोलामा एक्कासि आएको बाढीका कारण सवारी आवतजावत बन्द भएको छ ।
बिहीबर बिहान नौ बजेतिर विनयी खोलमा बाढी आउँदा सवारी आवागमनका लागि बनाइएको डाइभर्सन माथिबाट बाढी बगेपछि यातायात अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
अहिले यात्रुवाहक सवारी तथा साना हलुका सवारी साधनलाई होङ्सी गेटबाट वैकल्पिक मार्ग हुँदै गन्तव्य तर्फ पठाइएको र मालवाहक सवारी साधनहरुलाई एक लेनमा रोकी व्यवस्थापन गरिएको नेपालले जानकारी दिनुभएको छ । बाढी कम भएपछि मात्रै डाइभर्सन मर्मत गरी सडक खुलाउन सकिने उहाँले बताउनुभयो ।
यहाँ वर्षा भएपछि डाइभर्सन बगाउने समस्याले गर्दा पटक पटक यात्रुले सास्ति खेप्दै आएका छन् ।
विनयी खोलाको पुल भाँचिएका कारण यहाँ डाइभर्सन मार्फत आवतजावतको व्यवस्था मिलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस