मिडियासँग सामाजिक विकास कार्यक्रम कावासोतीमा सम्पन्न

मिडियासँग सामाजिक विकास कार्यक्रम कावासोतीमा सम्पन्न

नवलपुर ।  सामाजिक विकास कार्यालय नवलपुरको आयोजना तथा नेपाल पत्रकार महासङ्घको समन्वयमा मिडियासँग सामाजिक विकास कार्यक्रम , अन्तरक्रिया , छलफल तथा प्रगति समीक्षा कार्यक्रम आज सम्पन्न भएको छ ।
कावासोती आठ स्थित नेपाल आमा समूहको सभाहलमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले सामाजिक विकास कार्यालय सामाजिक क्षेत्रहरू तथा लक्षित समुदायमा काम गर्ने भएकाले यस कार्यालयले गर्ने कामहरूबाट पछि परेको क्षेत्र र समुदायलाई माथि उठाउन टेवा पुग्ने बताउनुभयो । जनताको कामलाई जनहित हुने गरी कार्य सम्पादन गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । सक्रिय रूपमा सबै मिलेर जनहित हुने गरी काम गर्न उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले सेवा प्रदायक सबै कार्यालयहरूले समन्वय र सहकार्यमा आफ्ना कामहरू गर्न सकेमा प्रभावकारी हुने बताउनुभएको थियो । भने नेपाल पत्रका महासङ्घ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलले सामाजिक विकास कार्यालयले विगतदेखि नै महासङ्घसँग समन्वय गरी कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले पत्रकारको क्षमता विकासका कार्यक्रममा समेत कार्यालयसँग समन्वय गर्न पाएमा अझै प्रभावकारी हुने बताउनुभएको थियो ।
कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलले योजना तथा कार्यक्रम विवरण प्रस्तुत गर्दै चालुतर्फ २० र पूजिँगततर्फ ५८ गरी ७८ वटा योजना , ठूला सङ्घीय अनुदानका योजनामा ३ , विपद् क्षतिको मर्मत चार गरी कूल ८५ वटा योजना रहेको जानकारी दिनुभएको थियो । जसमध्ये कार्य सम्पन्न भई रकम भुक्तानी भएका योजना ३८, कार्य सम्पन्न भएका रकम भुक्तानीका लागि पेस हुने क्रममा रहेका योजना १५, चालू क्रममा रहेका योजना २०, सम्झौता हुन बाकी ६, दोहोरो परि फिर्ता भएका योजना ६ वटा रहेको जानकारी गराउनुभएको थियो ।
यसै गरी कार्यालयले चालु वर्षमा गरेका कार्यहरूमा महिलाहरूको लागि २० दिने निःशुल्क लोकसेवा तयारी कक्षा ,बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा व्यवस्थापन कार्यक्रम , एकल महिलाहरूका लागि नेतृत्व विकास सम्बन्धी एक दिने अभिमुखीकरण ,बाल दिवस, जेष्ठ नागरिक दिवस, अपाङ्गता दिवस लगायत दिवसीय कार्यक्रमहरु पनि सञ्चालन गरेको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभएको थियो ।
यसै गरी जिल्ला बाल क्लब तथा वाल अधिकार समितिका पदाधिकारीहरूका लागि २ दिवसीय अभिमुखीकरण , शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम ,कुरीति विरुद्धको अभियान लगायतका कार्यक्रम सम्पन्न गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख दीपेन्द्र श्रेष्ठ , लगायत , जिल्लामा रहेका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा , संस्थाको तर्फबाट अधिकृत गणेश कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो । भने , सूचना अधिकारी हरिशंकर शर्माले सहजीकरण गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस