अमेरिकी डलर सटही गर्ने भन्दै ठगी गर्ने दुई जना पक्राउ

अमेरिकी डलर सटही गर्ने भन्दै ठगी गर्ने दुई जना पक्राउ

नवलपुर । अमेरिकी डलर सटही गर्ने भनी ३० लाख रुपिँया ठगी गरेर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका ३ बस्ने ३८ वर्षको तारा बहादुर तामाङ र भक्तपुर बाह्रबिसे नगरपालिका ३ बस्ने २३ वर्षको गौतम डुम्जङ रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
उनीहरूले गत वर्षको चैत आठ गते नवलपरासी पूर्व ९ नवलपुरको ० गैँडाकोट तीन स्थित ढोडेनीमा अमेरिकी डलर सटही गर्ने भनी झुक्काएर ३० लाख रुपिँया ठगी गरेर फरार रहेका थिए । प्रहरीले खोजतलास गर्नेक्रममा भक्तपुर र मकवानपुरमा लुकीछिपी बसेको सूचनाको आधारमा खोजतलास गर्दा कसुर सँग सम्बन्धित सबुत प्रमाण सहित फेला पारेको प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिनुभयो ।
उनीहरूलाई ठगी ,आपराधिक, विश्वासघात तथा आपराधिक लाभ ९ एक्टर्सन ० सम्बन्धित कसुरमा नवलपुर जिल्ला अदालतबाट अनुमति लिई थप अनुसन्धान कार्य अगाडी बढाएको प्रहरी नायव उपरीक्षक नेपालले जानकारी बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस