नवलपुरमा घरेलु हिंसाका २९ वटा मुद्दा

नवलपुरमा घरेलु हिंसाका २९ वटा मुद्दा
नवलपुरमा ।  नवलपुरमा चालु आर्थिक वर्षको नौ महिनामा  घरेलु हिंसाका मुद्दा मात्रै २९ वटा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म २९ वटा घरेलु हिंसाका मुद्दा दर्ता भएको देखिएको छ ।
प्रहरी कार्यालयको महिला सेलमा दर्ता हुने घटनाहरूमा घरायसी झैझगडा ४२ वटा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
यस्तै ठाडो निवेदनको संख्या ६५ वटा रहेको छ । महिला सेलमा घरेलु हिंसा, घरायसी झैझगडा र ठाडो निवेदन समेत गरेर एक सय  ३६ वटा कूल केश दर्ता भएको सूचना अधिकारी नेपालले जानकारी दिनुभयो ।
महिला सेलमा विशेष गरेर महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूका केशहरू दर्ता हुने गर्दछ । भने दर्ता भएको केशहरूलाई मिलापत्र गराउने काम पनि हुने गर्दछ । दर्ता भएका केशहरूमा घरेलु हिंसाको  २८ वटा मिलापत्र  भएको छ भने , एउटा बाँकी छ , घरायसी झैझगडाको पनि ४१ वटा मिलापत्र भएको छ भने एउटा मात्रै बाँकी छ , यस्तै ठाडो निवेदनको ५८ वटा  मिलापत्र भएको र ७ वटा बाँकी रहेको छ । बाँकी रहेको केशहरूमा कारबाही प्रकृयालाई निरन्तरता दिइएको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस