शिवमन्दिर स्वास्थ्य चाैकीकाे नव निर्मित भवन उद्वघाटन

शिवमन्दिर स्वास्थ्य चाैकीकाे नव निर्मित भवन उद्वघाटन

कावासाेती । नवलपुरकाे कावासाेती नगरपालिका -३, मा रहेको शिवमन्दिर स्वास्थ्य चाैकीकाे नव निर्मित भवनकाे उद्वघाटन गरिएको छ। अठ्ठाईस बिघामा बनेको नयाँ भवनकाे बुधबार कावासाेती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले उद्वघान गर्नुभएको हाे।
भ्याट बाहेक दुई कराेड ८४ लाख ७० हजार ६६७ रुपैयाँको लागतमा स्वास्थ्य चाैकी भवन निर्माण गरिएको हाे। भवनकाे उद्वघाटपछि बाेल्दै नगर प्रमुख विष्णुप्रसाद भुसालले स्वास्थ्य चाैकीकाे थप भाैतिक विकाससँगै यहाँबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउन नगरपालिका लाग्ने बताउनुभयो ।
विगतमा खानेपानीकाे लागि प्रयोग गर्ने गरि याेजना बनाईएकाे स्थानमा अहिले स्वास्थ्य चाैकी बन्दा यस जग्गाको थप सदुपयोग भएको उहाँले बताउनुभयो ।
जनसंख्या धेरै भएको स्थानमा रहेकाले भाेलीकाे दिनमा नगर अस्पतालका रुपमा समेत विकास हुनसक्ने उहाँले बताउनुभयो । भूगोलको हिसाबले कावासोती सत्रमा नगर अस्पताल निर्माणकाे याेजना  यथावत रहेको र यहाँ समेत जनसङ्ख्या र अन्य हिसाबले महत्वपूर्ण भएकाले नगर अस्पतालकाे सम्भावना रहेको उहाँले बताउनुभयो।
यसकाे थप विकासका लागि नेपाल सरकार ,दातृ निकायसँग समन्वय र पहल पालिकाले गर्ने नगर प्रमुख भुसालले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले विभिन्न कारणले बालबालिका ,युवा कुलतमा पर्ने र अन्य समस्या पर्ने क्रम रहेकोले मनाेवैज्ञानिक उपचार समेतकाे याेजना बनाएर जानुपर्ने बताउनुभयो ।

नजिकै प्रादेशिक अस्पताल रहेकाले यहाँ सेवाग्राही आउने वातावरण बनाउन चुनौती रहेको हिसाबले पनि यहाँ विभिन्न अन्य वैकल्पिक रुपका उपचार पद्धतिहरुलाई जोड्न आवश्यक रहेको उहाँले बताउनुभयो।

कावासाेती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पाैडेलले भवनले मात्र स्वास्थ्य सेवा दिन नसक्ने हुँदा यसलाई थप व्यवस्थित गरेर सेवा सुविधालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो। यसका लागि सबैको सुझाव अनुसार सेवालाई प्रभावकारी बनाउन पालिका लाग्ने उहाँले बताउनुभयो ।
शिव मन्दिर स्वास्थ्य चौकी यस क्षेत्रको लागि निकै महत्त्वपूर्ण स्वास्थ्य संस्थाको रूपबाट विगतदेखि नै सेवा उपलब्ध गराउँदै आएकोमा अब नयाँ व्यवस्थित भवनमा सरेकाले यसलाई सोही अनुसार थप व्यवस्थित गर्ने र थप प्रभाकारी बनाउदै लैेजाने उहाँको भनाइ थियाे। भवनको अभावका कारण व्यवस्थित नहुँदा यसअघि बर्थिङ सेन्टर सञ्चालन हुँदै आएकोमा स्थगित भएकोमा अब उक्त सेवा समेत यस स्थानबाट सञ्चालनमा आउने उहाँले बताउनुभयो।
कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद नागिलाले आधारभूत स्वास्थ्य सेवा यस स्वास्थ्य चौकीबाट प्रदान गरिने बताउनुभयो ।त्यस बाहेक खोप केन्द्र लगायत अन्य विभिन्न प्रकारका सेवाहरु समेत यहाँबाट सञ्चालनमा आउने उहाँको भनाइ छ।
कावासती नगरपालिकाका वडा अध्यक्ष डोरमान गिरीले कावासोतीको २८ बिघामा एउटा महत्वपूर्ण कार्य सम्पन्न भएको बताउनुभयो ।उहाँले शिव मन्दिर स्वास्थ्य चौकीको यस अघिको भवन निकै साँघुरो हुँदा असहज अवस्थामा सेवा दिनुपर्ने बाध्यता रहेकोमा अब बाध्यता हटेको उहाँले बताउनुभयो।
वडाको जनसङ्ख्या र भूगोलले समेत यो केन्द्रबिन्दुमा रहेकाले यहाँ थप सेवा सुविधाको विकास गर्नुपर्ने आवश्यकता रहेको औलाउँदै त्यसका लागि समेत निरन्तर पहल गरिरहने उहाँले बताउनुभयो।
भोलिका दिनमा ल्याबसहितको सुविधा दिने अवस्थाको वातावरण बनाउनका लागि आफ्नो पहल रहिरहने वडा अध्यक्ष गिरीले बताउनुभयो।
स्वास्थ्य चौकी भवन उद्घाटन कार्यक्रममा कावासाेती नगरपालिका उपप्रमुख फूलकुमारी थनेत, वडाका जनप्रतिनिधिहरु विभिन्न टोल विकास संस्थाका प्रतिनिधि , आमा समूहका प्रतिनिधि , कर्मचारी , स्वास्थ्य स्वयंसेविकाहरु सहितको उपस्थिति रहेको थियो।
भवन उद्घाटन कार्यक्रममा कावासाेती नगरपालिका वडा नं ३ का वडा सदस्य बसन्ती केसी कुँवरले स्वागत मन्तव्य राख्नुभएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस