कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर तीनले टोल विकास संस्था पुनर्गठन कार्यक्रम गर्न लागेको छ ।
वडामा रहेका नौवटा टोल विकास संस्थाको पुनर्गठन कार्य गर्न लागिएको हो ।
वडाले यही वैशाख १४ गतेदेखि २२ गतेसम्म टोल विकास संस्थाको पुनर्गठन गर्न लागेको छ ।
वैशाख १४ गते कावासोती टोल विकास संस्थाको पुरानो बजारको उत्तर सिँचाइ बोरिङ परिसरमा कार्यक्रम हुनेछ , वैशाख १५ गते सदरमुकाम टोल विकास संस्थाको राम मन्दिर परिसर, वैशाख १६ गते मध्यविन्दु टोल विकास संस्थाको परिवर्तन चोक , वैशाख १७ गते न्यू भानु आदर्श टोल विकास संस्थाको भानु चोकमा कार्यक्रम हुने वडा अध्यक्ष डोरमान गिरीले जानकारी दिनुभयो । यसै गरी वैशाख १८ गते जन विकास २८ बिगाहा टोल विकास संस्थाको हरिहर मन्दिर परिसर , वैशाख १९ गते शीतल ज्योति टोल विकास संस्थाको शीतल चोक , २० गते जनजागृति हेल्थ पोस्ट टोल विकास संस्थाको हेल्थपोष्ट चोक परिसर, वैशाख २१ गते नवदुर्गा टोल विकास संस्थाको देवी मन्दिर परिसर र वैशाख २२ गते गणेश टोल विकास संस्थाको गणेश चोकमा कार्यक्रम हुने अध्यक्ष गिरीले जानकारी दिनुभएको छ ।
सबै दिनको कार्यक्रम बिहान ७ बजेबाट सुरु हुने अध्यक्ष गिरीले बताउनुभएको छ । अहिले सञ्चालित रहेको टोल विकास संस्था २०७९ साल भदौ दुई गतेबाट सूचिकृत भई कामहरू सञ्चालन गर्दै आएका थिए । सबै नौ वटै टोल विकास संस्थाको पदावधि सकिएका कारण कावासोती नगरपालिका टोल विकास संस्था (गठन परिचालन) कार्यविधि २०७८ बमोजिम पुनर्गठन गरिने अध्यक्ष गिरीले बताउनुभएको छ ।
उहाँले सबै टोलमा रहेका टोल वासीहरूलाई तोकिएको समय र मितिमा उपस्थित हुनका लागि समेत आग्रह गर्नुभएको छ ।