सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुरको आठौँ परिषद् सम्पन्न

सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुरको आठौँ परिषद् सम्पन्न

कावासोती  । सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला महासङ्घ नवलपुरले सोमबार कावासोतीमा आठौँ परिषद् सम्पन्न गरेको छ ।
कावासोती १६ डण्डा स्थित अङ्कुर आदर्श सामुदायिक वन उपभोक्ता समूहको सभा हलमा आयोजना भएको कार्यक्रममा संस्थाले गरेका बर्सभरिका कार्य प्रगतिको विवरण प्रस्तुत गरिएको थियो ।
संस्थाका सचिव सुशील पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै  संस्थाले वन समूहमा  विभिन्न सामग्री सहयोगदेखि सचेतना सहितका कार्यक्रम गरेको जानकारी दिनुभयो । टि एफ कार्यक्रम अन्तरगत समूह सुशासन  नक्साङकन , तथ्याङ्क विश्लेषण कार्यक्रम कावासोती र देवचुलीमा सम्पन्न गरेको , फरेष्ट एक्सन नेपाल र एन्साब नेपालको सहयोगमा तीन दिने नेतृत्व विकास तालिम सम्पन्न गरेको जल जङ्गल कार्यक्रम अन्तरगत १७ वटा सामुदायिक वनसँग नीतिगत छलफल गर्नुका साथै वन सँग सम्बन्धित उद्यमहरुको प्रदर्शनी समेतको कार्यक्रम सम्पन्न गरिएको पौडेलले जानकारी गराउनुभएको थियो।
सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुरका अध्यक्ष मना भण्डारीको अध्यक्षतामा भएको कार्यmममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता   रहेको थियो ।
उहाँले कार्यक्रममा बोल्दै वनबाट मानिसको जीवनका लागि आवश्यक पर्ने धेरै श्रोत साधन र अक्सिजन समेत प्राप्त हुने भएकाले सबै मिलेर वन जोगाउन आवश्यक रहेकोमा जोड दिनुभएको थियो । उहाँले पालिकाका स्थानीय महासंघका अध्यक्षहरूलाई राखेर नीतिगत व्यवस्था गर्न आफूले छलफल गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सहभागीहरूले विभिन्न जिज्ञासा तथा सुझाव समेत राखेका थिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ केन्द्री सचिवालय सदस्य कोष बहादुर कार्की , सामुदायिक वन उपभोक्ता महासङ्घ केन्द्रीय सदस्य सीता खड्का , ,कमल पराजुली , डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारी ,सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश अध्यक्ष कालीदास सुवेदी उपाध्यक्ष खगराज सापकोटा लगायतले शुभकामना मन्तव्य राख्दै सामुदायिक वन उपभोक्ता महसंघले करको विषयमा  अझै पहल गर्नुपर्ने , वनसङ सम्बन्धित विभिन्न विषयमा नीतिगत पहल गर्न आवश्यक रहेको बताएका थिए ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुरका उपाध्यक्ष कमल बाचेको स्वागत मन्तव्य रहेको कार्यक्रममा सचिव सुशील पौडेलले सहजीकरण गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस