हुलाक कार्यालय नवलपुरद्वारा १० हजार बढी हुलाक वस्तु निर्यात

हुलाक कार्यालय नवलपुरद्वारा १० हजार बढी हुलाक वस्तु निर्यात

कावासोती ।  जिल्ला हुलाक कार्यालय नवलपुरले १० हजार बढी हुलाक वस्तु निर्यात गरेको छ ।
कान्छो जिल्ला नवलपुरमा गत भदौ १७ गते मात्रै जिल्ला हुलाक स्थापना भएको थियो । स्थापना भएको ६ महिनाको अवधिमा कार्यालयले आन्तरिकतर्फ ९ हजार ५९५ र वैदेशिकतर्फ पाँच सय ७७ गरी कुल १० हजार १७२ हुलाक वस्तु निर्यात गरेको कार्यालयको तथ्याङ्क छ ।
कार्यालयका निमित्त हुलाक अधिकृत केश बहादुर खण्डलुकका अनुसार आन्तरिकतर्फ सबैभन्दा धेरै रजिष्ट्रि चिठ्ठी ८ हजार ४९६ दर्ता भएको छ । भने साधारण चिठ्ठी ५२९ मात्रै छ । पार्सलको सङ्ख्या जम्मा १९ छ । भने बाइ एयर इएमएस १०७ , बुक पोष्ट ५९ , समाचार पत्रपत्रिका ३७१ र साना पाकेट ६ वटा रहेको निमित्त हुलाक अधिकृत खण्डलुकले जानकारी दिनुभयो । यसै गरी वैदेशिक तर्फ रजिष्ट्रि चिठ्ठी २४९ साधारण चिठ्ठी १५१ दुई रहेको छ । पार्सलको सङ्ख्या जम्मा २१ छ । भने बाइ एयर इएमएस २८ , बुक पोष्ट ७० , समाचार पत्रपत्रिका ५० र साना पाकेट ८ रहेको निमित्त हुलाक अधिकृत खण्डलुकले जानकारी दिनुभयो ।
यस्तै ६ महिनाको अवधिमा हुलाक वस्तु आयातको सङ्ख्या १६ हजार ७५३ रहेको छ । आन्तरिकतर्फ १४ हजार ५२८ र वैदेशिक दुई हजार २२५ गरी कूल १६ हजार ७५३ हुलाक वस्तु आयात भएको छ ।
जिल्ला हुलाक कार्यालयमा सात हजार बढी हुलाक वस्तु दर्ता भएको छ ।
६ महिनाको अवधिमा कार्यालयले सात हजार ७३२ हुलाक वस्तु दर्ता गरेको कार्यालयको तथ्याङ्क छ ।
जसमध्ये आन्तरिकतर्फ कूल ७ हजार ६७३ छ भने वैदेशिबमा जम्मा ५९ मात्रै छ । कार्यालयका निमित्त हुलाक अधिकृत खण्डलुकका अनुसार आन्तरिकतर्फ सबैभन्दा धेरै रजिष्ट्रि चिठ्ठी ७ हजार २५२ दर्ता भएको छ । भने साधारण चिठ्ठी ४०९ मात्रै छ । पार्सलको सङ्ख्या जम्मा १० छ । यसै गरी वैदेशिक तर्फ रजिष्ट्रि चिठ्ठी ५७ र साधारण चिठ्ठी जम्मा दुई रहेको छ ।
जसमध्ये आन्तरिकतर्फ कूल ७ हजार ६७३ छ भने वैदेशिबमा जम्मा ५९ मात्रै छ । आन्तरिकतर्फ सबैभन्दा धेरै रजिष्ट्रि चिठ्ठी ७ हजार २५२ दर्ता भएको छ । भने साधारण चिठ्ठी ४०९ मात्रै छ । पार्सलको सङ्ख्या जम्मा १० छ । यसै गरी वैदेशिक तर्फ रजिष्ट्रि चिठ्ठी ५७ र साधारण चिठ्ठी जम्मा दुई रहेको छ ।
जिल्ला हुलाक कार्यालयले ६ महिनाको अवधिमा हुलाक टिकट बिक्री गरेर १० लाख ९४ हजार ३१० रुपिँया राजश्व सङ्कलन गरेको छ । भन्सार महशुल ( पार्सल हुलाक महशुल ) बाट ८० हजार २३१ रुपिँया , काउन्टर अटोमेशनबाट एक लाख ४८ हजार ९४५ र रेडियो एफएम सञ्चालन दस्तुर ५६ हजार १८५ गरी कूल १० लाख ९४ हजार ३१० रुपिँया राजश्व सङ्कलन भएको हो ।

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस