कावासोती । नवलपरासी पूर्व (नवलपुरको) कावासोतीमा रहेका मुसहर समुदायलाई कृषि उपकरण हस्तान्तरण गरिएको छ ।
विपन्न संकटापन्न समुदाय बोटे, मुसहर ,माझी आय आर्जन कार्यक्रम अन्तरगत डिभिजन वन कार्यालय नवलपुरले कावासोती नगरपालिका–१३, गैरी स्थित मुसहर समुदायलाई कृषि उपकरण हस्तान्तरण गरेको हो ।
कावासोती नगरपालिका–१३,का वडा अध्यक्ष लाल बहादुर गुरुङ र डिभिजन वन कार्यालय प्रमुख वसन्त केशव अधिकारीले सयुक्त रुपमा मुसहर उत्थान बहुउद्येश्यीय कृषक समूहलाई दुईवटा धान काट्ने रिपर मेशिन र एउटा हाते ट्याक्टर हस्तान्तरण गर्नुभएको हो ।
सामाग्री हस्तान्तरका क्रममा बोल्दै कावासोती नगरपालिका –१३,का वडा अध्यक्ष लाल बहादुर गुरुङले प्राप्त उपकरणको सदुपयोग गर्दै समुदायको आर्थिक विकासमा जुट्न समूहलाई आग्रह गर्नुभयो । कृषि पेशामा आश्रितहरुका लागि कृषि उपकरणले सहयोग पुग्ने र आम्दानी बढाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख बसन्तकेशव अधिकारीले विपन्न समुदायको आय आर्जन वृद्धिका लागि उपकरण हस्तान्तरण गरिएको बताउनुभयो । लक्षित समुदायका लागि तोकेको कार्यक्रम मार्फत मुसहर समुदायलाई उनीहरुकै माग अनुसार उपकरण हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले यसको समुचित प्रयोग गरि समुदायको आयआर्जन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस कृषि उपकरणबाट यहाँ रहेका ३४ घर मुसहर समुदायले लाभ लिने र सिजन अनुसार अन्य स्थानमा समेत प्रयोग गरि आम्दानी लिएर लाधान्वित हुने अधिकारीले बताउनुभयो ।
कृषि उपकरण पाउँदा यहाँका मुसहर समुदायले खुसी व्यक्त गरेका छन् ।
मुसहर उत्थान बहुउद्येश्यीय कृषक समूहका अध्यक्ष होम बहादुर मुसहरले उपकरणको सहयोगले कृषि बाली लगाउन सहयोग पुग्ने र आयआर्जन बढाउन मद्धत पुग्ने बताउनुभयो ।
सिसवार मध्यवर्ति उपभोक्ता समितिको कार्यक्षेत्र भित्र चितवन राष्ट्रिय निकुञ्ज वाट विगत ६र७ वर्षदेखि आवादि क्षेत्रमा वासस्थान वनाएर दिनरात उपभोक्ताको वालिनालि क्षति गर्ने गरेको र विहान वेलुकि हिडडुल गर्न पनि डराउनु पर्ने अवस्था आएकोले मानव र वन्यजन्तुको असमझदारि वढ्न गएको हुदा स्थानिय सरकार प्रदेस र केन्द्रिय सरकारले वजेटको व्यवस्था गरि असमझदारि लाई कम गर्नको लागि योजना ल्याउनु पर्ने उपभोक्ता समितिका अध्यक्षले वताउनुभयो।