विराट सामुदायिक वनमा डढेलो नियन्त्रण , महिला सशक्तीकरण तथा वन ऐन सम्बन्धी सचेतना कार्यक्रम

विराट सामुदायिक वनमा डढेलो नियन्त्रण , महिला सशक्तीकरण तथा वन ऐन सम्बन्धी सचेतना कार्यक्रम

कावासोती । विगत तीन वर्षको अवधिमा नवलपरासी पूर्व (नवलपुरको) एक हजार एक सय ४५ हेक्टर वन क्षेत्रमा डढेलोले क्षति पु¥याएको छ ।
डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार विगत १० वर्षको अवधिमा जिल्लाका विभिन्न पाँच सय आठ स्थान ÷पटक वन क्षेत्रमा डढेलो लागेको छ ।
यहाँको हुप्सेकोट गाउँपालिका तीनमा रहेको विराट सामुदायिक वनले आइतबार आयोजना गरेको वन डढेलो नियन्त्रण , महिला सशक्तीकरण तथा वन ऐन नियम सम्बन्धी सचेतना कार्यक्रममा सहजीकरण गर्दै डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो । वन डढेलोको उच्च जोखिममा पर्ने जिल्लाहरू मध्ये नवलपुर जिल्ला १६ औँ स्थानमा पर्ने समेत कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
यहाँ लामो क्षेत्र पूर्व पश्चिम राजमार्ग पर्ने भएकाले समेत डढेलोको उच्च जोखिम रहेको उहाँले बताउनुभयो । नवलपुरमा ठुलो हिस्सा वन क्षेत्रले ओगटेको छ । यहाँ गैँडाकोटदेखि दाउन्ने सम्म ६९ किलोमिटर पूर्वपश्चिम राजमार्ग पर्छ । राजमार्ग आसपासमा धेरै वन क्षेत्र रहेको हुँदा वन डढेलोको जोखिम पनि उच्च रहेको हो ।
राजमार्गमा आवतजावत गर्ने यात्रुहरूले सवारी रोकेर चुरोट बिडी खाएर ठुटो वनमा फाल्ने गर्दा पनि राजमार्गका छेउका वनहरूमा बढी डढेलोको जोखिम रहेको अधिकारीको भनाई छ । राजमार्ग आसपासका वनहरूमा डढेलो लागेपछि सँगै जोडिएका अन्य वनहरुमा समेत डढेलो फैलने गरेको उहाँले बताउनुभयो ।
डिभिजन वन कार्यालयबाट डढेलो नियन्त्रण गर्ने प्रयास स्वरूप वन क्षेत्रमा रहेका घुम्ती पसलहरू हटाउने काम गरेको गरेको अधिकारीले बताउनुभयो । राजमार्ग छेउमा विभिन्न स्थानमा गरी आठ दश ओटा घुम्ती पसलहरू रहेकोले डढेलोको सिजन भरी तीन महिनासम्म पसल नराख्न भनिएको उहाँले बताउनुभयो । यसै गरी डढेलो नियन्त्रणका लागि सचेतना कार्यक्रम , पर्चा पम्मप्लेट वितरण तथा विद्यार्थी लक्षित कार्यक्रमहरू तय गरिएको र केही दिनभित्रै सम्पन्न गर्ने समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा पहिलो दिन आइतबार डढेलो सम्बन्धी सचेतना प्रदान सँगै डढेलो नियन्त्रण सम्बन्धी नमुना अभ्यास समेत गरिएको थियो । शव डिभिजन वन कार्यालय हुप्सेकोट , बौदीकालीका प्रमुख सूर्य सिंह गुरुङले नमुना अभ्यासका क्रममा वनमा डढेलो लागिहालेमा नियन्त्रणका लागि गर्न सकिने कामहरू कसरी गर्ने ,कहाँ कहाँ समन्वय गर्ने भनी प्रस्ट पार्नुभएको थियो ।
तीन दिनसम्म चल्ने कार्यक्रममा सोमबार महिला सशक्तीकरणका बारेमा र अन्तिम दिन वन ऐन नियम सम्बन्धी जानकारी प्रदान गरिने वन समूहका सचिव ईश्वर प्रसाद रेग्मीले जानकारी दिनुभयो । तीन दिनसम्म प्रत्येक दिन फरक फरक उपभोक्ताहरूलाई कार्यक्रममा सहभागी गराइने सचिव रेग्मीले जानकारी दिनुभयो ।
विराट सामदायिक वनका अध्यक्ष प्रेम बहादुर कार्कीले वनले प्रतेक वर्ष उपभोक्ता लक्षित गरी यस प्रकारको कार्यक्रम गर्दै आएको बताउनुभयो । वन डढेलोको सिजन तथा होली पर्व समेत नजिक आएको हुँदा चाडपर्वको वेला नराम्रा घटना घटाउने प्रवृत्ति रहेको हुँदा पनि यसरी सचेतना प्रदान गरेर डढेलो रोकथाममा सहयोग पुग्ने अपेक्षाले कार्यक्रम गरेको बताउनुभयो ।
कार्यक्रममा हुप्सेकोट गाउँपालिका तीन नम्बर वडाका अध्यक्ष विष्णु राना , सल्लाहाकार समिति संयोजक तारा बहादुर कार्कीले मन्तव्य राख्नुभएको थियो ।
वनका अध्यक्ष प्रेम बहादुर कार्कीलेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उषा खाँण ढकुरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने , वनका सचिव इंश्वर रेग्मीले सञ्चालन गर्नुभएको थियो ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस