दश वटा क्याम्पसमा स्ववियु चुनाव हुनुपर्ने नवलपुरका विद्यार्थी सङ्गठनको माग

दश वटा क्याम्पसमा स्ववियु चुनाव हुनुपर्ने नवलपुरका विद्यार्थी सङ्गठनको माग

कावासोती ।  नवलपुरका विद्यार्थी सङ्गठनहरूले जिल्लाका दश वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुनुपर्ने माग गरेका छन् ।
मङ्गलवार कावासोतीको मध्यविन्दु बहुमुखी क्याम्पसमा संयुक्त पत्रकार सम्मेलन गर्दै विद्यार्थी सङ्गठनहरूले जिल्लाको दश वटा क्याम्पसमा स्ववियु चुनाव हुनुपर्ने माग प्रस्तुत गरेका हुन् ।
यस अघिको स्ववियु चुनावमा जिल्लाका ६ वटा क्याम्पसमा चुनाव भएको थियो । यस पटक थप चार वटा क्याम्पसमा चुनाव हुनुपर्ने माग विद्यार्थी सङ्गठनको छ ।
पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारी नवलपुरका अध्यक्ष आयुष ढकालले विद्यार्थी सङ्गठनहरूले संयुक्त रूपमा बैठक बसी जिल्लाको दश वटा क्याम्पसमा स्ववियु चुनाव हुनुपर्ने माग गर्ने निर्णय गरिएको बताउनुभयो ।
जनक कलेज गैँडाकोट,एसपिएम कलेज गैँडाकोट कालिका संस्कृत विद्यापीठ गैँडाकोट , देवचुली कलेज रजहर , जनज्योति कलेज प्रगति नगर, कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती , मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती , नवजागरण बहुमुखी क्याम्पस, चोरमारा , अरुणखोला बहुमुखी क्याम्पस र जनमुखी आदर्श बहुमुखी क्याम्पस गैँडाकोटमा चुनाव हुनु पर्ने विद्यार्थी सङ्गठनको माग रहेको ढकालले बताउनुभयो । ढकालले यस पटक थप चार वटा कलेज जनक कलेज गैँडाकोट, जनज्योति कलेज प्रगति नगर, नवजागरण बहुमुखी क्याम्पस, चोरमारा र जनमुखी आदर्श बहुमुखी क्याम्पस गैँडाकोटमा स्ववियु चुनाव हुनु पर्ने विद्यार्थी सङ्गठनको माग रहेको बताउनुभयो ।
बाईट

अनेरास्ववियुका जिल्ला अध्यक्ष सौगात भुसाल , नेपाल विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष हरि सुवेदी , अखिल क्रान्तिकारी नवलपुरका अध्यक्ष आयुष ढकाल, नेकपा एकीकृत समाजवादी निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियका अध्यक्ष विशाल थापा गरी चार वटा सङ्गठनका अध्यक्षहरूको सहभागितामा भएको पत्रकार सम्मेलनमा विद्यार्थी भर्ना , विद्यार्थी सङ्ख्या , चुनावमा हुने गठबन्धन तथा विद्यार्थीहरूका विविध समस्याहरूका बारेमा समेत स्पष्ट पारिएको थियो ।
पत्रकार सम्मेलनमा अनेरास्ववियुका जिल्ला अध्यक्ष सौगात भुसालले चुनावमा तालमेलको सम्भावना कम रहेको इगित गर्दै एकल प्रतिस्पर्धा हुन सक्ने सम्भावना रहेकोमा जोड दिनुभएको थियो । भने नेपाल विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष हरि सुवेदीले चुनावका बेलामा रातारात हुने विद्यार्थी भर्नाको सन्दर्भमा सबै विद्यार्थी सङ्गठनहरूलाई सजग बनाइसकेको बताउनुभएको थियो । विद्यार्थी सङ्गठनहरूले चुनाव माग गरेका क्याम्पसहरूमा दुई सय भन्दा माथि विद्यार्थीहरू रहेको उहाँले जानकारी दिनुभयो । अनधिकृत रूपमा हुने विद्यार्थी भर्नालाई रोक्न आफूहरू सजग रहेको उहाँको भनाई थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस