मध्यविन्दुमा कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने

मध्यविन्दुमा कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने

कावासोती ।   नवलपरासी पूर्व (नवलपुरमा) मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने भएको छ ।
मध्यविन्द नगरपालिकाले वडा नम्बर सातमा रहेको नवजागरण नमुना माविको रंगशालमा यही फागुन २२ गतेदेखि २४ गतेसम्म कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव आयोजना गर्न लागेको हो ।
बिहीबार पालिकाले पत्रकार सम्मेलन गर्दै महोत्सवको बारेमा जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा नगर प्रमुख भिमलाल अधिकारीले नवीनतम कृषि प्रविधि तथा उपकरणहरूको प्रदर्शनी , परम्परागत रैथाने खानाको प्रवद्र्धन र संरक्षण , कृषक उद्यमी तथा प्राविधिक ÷ अनुसन्धानकर्ता बिच अन्तक्र्रिया गर्ने अवसर सृजना गर्ने उद्देश्यले प्रदर्शनीको आयोजन गर्न लागिएको जानकारी दिनुभयो । यस्तै सर्वसाधरणहरुमा कृषि क्षेत्रका नवीनतम प्रविधिहरूको जानकारी पु¥याउन , स्थानीय उत्पादनको बजार प्रबद्र्धनमा सहयोग पु¥याउनका साथै कृषि बाली तथा पशुपन्छी बिमाबाट कृषकलाई लाभान्वित गराउन र वित्तीय संस्था मार्फत कृषि कर्जाको लागि सहजीकरण गर्न मदत पुग्ने अपेक्षा समेत यस कार्यक्रमबाट लिएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।
कार्यक्रम अवधिभर आधुनिक कृषि प्रविधि , जैविक कृषि, स्मार्ट कृषि उपकरण , रैथाने बिउ बिजन तथा मलको प्रदर्शनी र बिक्री , कृषि विज्ञ सरोकारवालासँग अन्तर्संवाद , विभिन्न भेगका रैथाने परम्परागत परिकारहरूको प्रदर्शनी , स्वाद परीक्षण तथा बिक्री , अन्तर विद्यालय कृषि हाजिरी जवाफ प्रतियोगिता , विभिन्न जातजातिका मौलिक सांस्कृतिक प्रस्तुतिका कार्यक्रम हुने अधिकारीले बताउनुभयो ।
महोत्सवमा स्थानीय कृषकहरू , कृषि अनुसन्धानकर्ता तथा विद्यार्थी , कृषि प्रविधि तथा खाद्य प्रशोधन उद्यमी , व्यवसायी तथा स्थानीय उत्पादक , सम्बन्धित सङ्घसंस्था र वित्तीय सङ्घसंस्था समेत गरेर २५ हजार जनाले प्रत्यक्ष रूपमा अवलोकन गर्ने अपेक्षा रहेको अधिकारीले बताउनुभयो ।
प्रदर्शनी सञ्चालन गर्न १८ लाख ५० हजार रुपियाँ खर्च हुने आकलन गरिएको छ ।
महोत्सवमा कृषि , प्रविधि तथा रैथाने खानाको लागि स्टल प्रवेशलाई निः शुल्क गरिएको छ भने अन्य केही (होटेल तथा अन्य व्यावसायिक प्रतिष्ठान ) स्टलहरूका लागि रकम लिने तयारी गरिएको छ । साभार गोरखापत्र अनलाइन

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस