प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालका रुपमा सञ्चालन गर्न सकिने विज्ञको सुझाव

प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालका रुपमा सञ्चालन गर्न सकिने विज्ञको सुझाव

कावासोती ।  सामुदायिक प्राकृतिक चिकित्सालयलाइ नवलपरासी पूर्व (नवलपुरको ) देवचुली नगरपालिका– १६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई योग तथा प्राकृतिक चिकित्सा शिक्षण अस्पतालमा विकास गर्नका लागि पहल सुरु भएको छ ।
सामुदायिक प्राकृतिक चिकित्सालय रजहरले नेपालको पहिलो योग तथा प्राकृतिक चिकित्साको शिक्षण अस्पताल सञ्चालन गर्ने उदेश्य सहित शिक्षण अस्पतालको सम्बन्धन लिने र सोही अनुरूप सञ्चालन गर्ने तयारीमा जुटेको छ ।
सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रूपमा कसरी, कुन रूपमा, सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा बुधवार चिकित्सालयले नेपालका विभिन्न विश्वविद्यालयका विज्ञहरूसँग छलफल तथा अन्तरक्रिया गरेको थियो ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा. कुल प्रसाद कोइराला , पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. प्रा.डा. नारायण अर्याल , नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष रमेश प्रसाद ढकाल , शिक्षा विद् रमाकान्त सापकोटा लगायतका विज्ञहरूले आफ्ना आफ्ना धारणा राख्नुभएको थियो । शिक्षा विद् रमाकान्त सापकोटाले यस चिकित्सालयलाई मानक विश्वविद्यालयकै रूपमा विकास गर्न सकिने तर्क गर्नभयो । उहाँले तीन वटा विकल्प बारे चर्चा समेत गर्नुभयो । दोस्रो विकल्पका रुपमा आंगिक क्याम्पसका रूपमा यसलाई स्वकृति दिन सकिने वा प्रतिष्ठानका रूपमा सञ्चालन गर्न सकिने तर्फ समेत तर्क गर्दै सबैभन्दा उत्तम विकल्प भनेको मानक विश्वविद्यालय नै हुने उहाँले बताउनुभयो । चिकित्सालय व्यवस्थापन पक्ष तथा स्थानीय बासिन्दाको त्याग र तपस्याबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो छवि बनाइसकेको हुँदा यसलाई मानक विश्वविद्यालयकै रूपमा सञ्चालन गर्न सके प्राकितित्क चिकित्सा क्षेत्रमा ठुलो उपलब्धि हुने बताउनुभयो ।
यसै गरी नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा. कुल प्रसाद कोइरालाले यस चिकित्सालय सबैको पायक पर्ने स्थानमा रहेको र भौतिक पूर्वाधार , जग्गा लगायतको व्यवस्थापन सबै राम्रो रहेको हुँदा सरकारी स्तरबाटै चिकित्सा शिक्षण अस्पतालका रूपमा विकास गर्ने गरी काम गर्न सके उत्तम हुने बताउनुभयो ।
कार्यक्रममा सहभागी भएका विज्ञहरूले यस चिकित्सालयलाई चिकित्सा शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न सकिने आधारहरू सबै तयारी अवस्थामा रहेको देखिएकोले बताउनुभएको थियो ।
प्राकृतिक चिकित्सालयको पाठ्यक्रम नेपाल सरकाले तयार गरेको भए पनि जनशक्ति व्यवस्थापन हुन नसक्दा हालसम्म सञ्चालन हुन नसकेकोले, यस सामुदायिक चिकित्सालय, रजहरले सञ्चालन गर्ने शिक्षण अस्पतालबाट प्राकृतिक चिकित्सा विषयका सबै प्रकारका उपचार सेवा प्राप्त हुन सक्ने चिकित्सालयका व्यवस्थापक हरि प्रसाद सापकोटाले बताउनुभयो । नेपालको सन्दर्भमा सरकारले सञ्चालन गरेको एउटा पनि प्राकृतिक चिकित्सालय र शिक्षण अस्पताल नभएको अवस्थामा, यस चिकित्सालयलाई सम्बन्धन दिएर सञ्चालन गर्ने अवसर प्रदान गर्न समेत उहाँले अनुरोध गर्नुभएको छ । १० विगाह जग्गाको भोगाधिकार, तीन सय शय्याको व्यवस्थित अस्पताल, डाक्टर क्वाटर, ल्याब, प्याथोलोजी युनिट, अडिटरियम, छात्र तथा छात्राका लागि अलग÷अलग छात्रावास, आवश्यक मात्रामा विषय विज्ञ चिकित्सकहरू कार्यरत रहेको र निर्माणाधीन आधुनिक उपचार भवन सम्पन्न हुने क्रममा रहेकाले हाल प्रतिदिन १०० जना मात्रले नियमित उपचार सेवा लिन मिल्ने अवस्था रहेको सापकोटाले जानकारी दिनुभयो । निर्माणाधीन भवन यसै आर्थिक वर्षमा सम्पन्न गरिने भएकाले उपचार तथा आवास क्षमता अनुसारको योजना पुरा हुने हुँदा यस चिकित्सालयलाई शिक्षण अस्पताल बनाउन सकिने सबै आधार तयार हुने व्यवस्थापक सापकोटाको भनाई छ । हाल विश्वव्यापी रूपमा प्राकृतिक चिकित्सा उपचार पद्धतिको बढ्दो माग र आकर्षणलाई मध्यनजर गर्दै सबैतिरबाट आउन पायक पर्ने ठाउँमा समेत यस चिकित्सालय रहेको हुँदा यहाँ शिक्षण अस्पताल सञ्चालन गर्नका लागि सबै तह र तप्काबाट सहयोग पु¥याउन व्यवस्थापक सापकोटाको सबैमा अनुरोध समेत गर्नुभएको छ ।
उक्त कार्यक्रममा पूर्व स्वास्थ्य सहायक मन्त्री विश्व हिन्दु महासङ्घका अध्यक्ष डा. रामचन्द्र अधिकारी पूर्व राजदूत डा. माया कुमारी शर्मा , देवचुली नगरपालिकाका जनप्रतिनिधि लगायत विभिन्न सरोकारवाला निकायका प्रमुखहरूको सहभातिा समेत रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस