लुम्बिनी आदर्श डिग्री कलेजको रजत जयन्ती तथा अभिभावक दिवस सम्पन्न

लुम्बिनी आदर्श डिग्री कलेजको रजत जयन्ती तथा अभिभावक दिवस सम्पन्न

कावासोती ।   कावासोती आठमा रहेको लुम्बिनी आदर्श डिग्री कलेजले रजत जयन्ती तथा अभिभावक दिवस एक समारोहका बिच  शुक्रवार मनाएको छ ।
कार्यक्रममा क्याम्पस प्रमुख बाबुराम रानाले २०८०÷०८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रस्तावित शैक्षिक कार्यक्रममा स्नातकोत्तर तहतर्फ एम।बी।ए। , स्नातकोत्तर तहमै  सोसियल स्टुडेन्ट एजुकेसनतर्फ एम।एड। , स्नातकोत्तर तहमै सोसियल  निड एजुकेसनतर्फ एम।एड। , स्नातक तहमा एग्रिकल्चर तर्फको बी।एस।सी। र स्नातक तहमै बीए एल। एल। बी।का कक्षा सञ्चलन गर्नेबारेमा  जानकारी गराउनुभयो । यस्तै उहाँले हाल कलेजमा कक्षा ११–१२ मा ८२५ , चार वर्षे बि।एड।मा ३४७ , चार वर्षे बि।बि।एस।मा १३७ , एम।एड।मा २७५ , बि।बि।ए।मा ७७ , बि।आइ।टी।मा १०० र वन इयर बि।एड।मा ६० जना गरी कूल १ हजार ८२१ जना विद्यर्थीहरु अध्ययनरत रहेको  जानकारी दिनुभयो ।
कलेज सञ्चालक समितिका अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री महेन्द्र ध्वज जिसीको अध्यक्षता तथा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा। डा। बिजु कुमार थपलियाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा , गण्डकी प्रदेश समाकी पूर्व सदस्य ओमकला गौतम , जिल्लामा रहेका विभिन्न शैक्षिक संस्था तथा सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा स्नातकोत्तर तहमा एम। एड तर्फका प्रथम हुन सफल विक्रम शर्मा र दिना चौधरी , स्नातक तह बि।एड तर्फका प्रथम हुन सफल रोजिना महतो , बि।बि।एस तर्फ प्रथम हुन सफल कुन्ती श्रेष्ठ र कक्षा १२ मा प्रथम हुन सफल कुशल तिवारीलाई सम्मान गरिएको थियो । भने , प्राध्यापकतर्फ सहायक प्रिन्सिपल यम प्रसाद पौडेल र कर्मचारीतर्फ परीक्षा शाखा प्रमुख प्रेम प्रसाद न्यौपानेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले निर्माण गरेका सामग्रीहरूको प्रदर्शनी समेत गरिएको थियो । भने विद्यार्थीहरुद्धारा नै सांस्कृतिक कार्यक्रम मार्फत आफ्नो आफ्नो प्रतिभा प्रस्तुत  गरेका थिए । यस्तै यहाँ रहेका आदिवासी थारु समुदायको डम्फु नाच  लाठी नाच समेत प्रस्तुत भएको थियो ।
कार्यक्रममा कलेजकी प्राध्यापक कमला राना मगरले सहजीकरण गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस