कावासोती । कावासोती वडा नम्बर तीनमा एक दिवसीय निःशुल्क ऊर्जा ध्यान शिविर आज सम्पन्न भएको छ ।
वडा कार्यालयभित्रका टोल विकास संस्था, आमा समूह, क्लब , विभिन्न सङ्घसंस्था साथै वडावासीको सहभागितामा शिविर भएको हो ।
वडा नम्बर तीनको आयोजना तथा जीवन विज्ञान परिषद् नवलपुरको समन्वयमा ऊर्जा ध्यान शिविर भएको हो । कार्यक्रममा नवराज सुवेदी , कृष्ण कँडेल र सीता रेग्मी कँडेलले योग तथा ध्यानका बारेमा चर्चा गर्दै व्यवहारिक रूपमा योग ध्यान अभ्यास गराउनुभएको थियो ।
योग र ध्यान को माध्यम बाट आफ्नो वडा भित्र रहेका वडा बासीहरूमा सुख, शान्ति र समृद्धि बनाउनको लागि यस शिविरको आयोजना गरिएको वडा अध्यक्ष डोरमान गिरीले बताउनुभयो । जीवनमा योग र ध्यान अपरिहार्य रहेको कुरा सबैले बुझ्नुपर्ने र यसबारेमा बुझाउनका लागि पनि यस कार्यक्रमले टेवा पुगेको गिरीले बताउनुभयो ।
शिविरमामा जीवन विज्ञान परिषद् नवलपुरका संयोजक नवराज सुवेदीले जीवन विज्ञानको नियमित ऊर्जा ध्यान विधि अनुसार अभ्यास गराउँदै मानिसको शारीरिक रोग मात्रै नभई मानसिक स्वास्थ्य र जीवनमा सकारात्मकता ल्याउँदै ऊर्जावान् जीवन व्यतीत गर्न ऊर्जा ध्यान गर्न जरुरी रहेको बताउनुभएको थियो ।